सुन्दर विचार बनाए सुन्दर देश बनाउन सकिन्छ : मन्त्री गुरुङ
दमौली । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले नकारात्मक कुरामा रमाउने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन् ।
तनहुँ भानु नगरपालिका–३ स्थित जनजागृति माविमा आयोजित श्रीमद्भागवत ज्ञान महायज्ञको आज उद्घाटन गर्दै उनले नकारात्मक कुरामा रमाउने प्रवृत्तिले देश विकास गर्न नसकिने बताए ।
मन्त्री गुरुङले सुन्दर देश बनाउन सुन्दर विचार आवश्यक रहेको उल्लेख गर्दै विचार र आत्मज्ञान दूषित भयो भने सुन्दर समाज र सुन्दर देश बनाउन नसकिने धारणा व्यक्त गरे ।
‘आजभोलि सामाजिक सञ्जालदेखि जहाँतहीँ नकरात्मक कुरा मात्रै सिर्जना गरेको देखिन्छ,’ उनले भने, ‘यस्ता प्रवृत्ति अन्त्य गर्दैै सुन्दर विचार सिर्जना गर्नुपर्छ ।’
मन्त्री गुरुङले धर्म संस्कृतिका नाममा समाज विभाजित गर्न नहुनेमा जोड दिदैं संस्कृतिका हिसाबले यो प्रदेश सबैभन्दा धनी रहेको बताए ।
अग्रज पुर्खाले देशका लागि धेरै ठूलो योगदान पु¥याएको चर्चा गर्दै उनले अब नागरिकले देशलाई के गर्न सकिन्छ त्यसतर्फ ध्यान दिनुपर्छ भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेडा गोठालो गएका किशोरको चट्याङ लागेर मृत्यु, दुई जना घाइते
-
वर्षाका कारण कैलाली–कञ्चनपुरका धेरै स्थान डुबानमा
-
लोकतन्त्रका ऋषि : गिरिजाबाबु
-
भोजपुरमा जडीबुटीखेतीको लहर: अन्नबाली छाडेर चिराइतो र सतुवातर्फ आकर्षित हुँदै किसान
-
पूर्व–पश्चिम राजमार्गमा ‘हिट एन्ड रन’ : युवकको मृत्यु
-
बालकुमारीमा धार्मिक तथा सांस्कृतिक विषयवस्तुलाई समेटिएको भित्तेचित्र, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण