शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

टिभीएसले खोल्यो थप १० अत्याधुनिक नयाँ शो रुम

सोमबार, ०१ असोज २०७५, १९ : १५
सोमबार, ०१ असोज २०७५

काठमाडौं । टिभीएस मोटर कम्पनीको नेपालको लागि अधिकारिक बिक्रेता जगदम्बा मोटर्सले देशभर आफ्नो थप १० अत्याधुनिक शोरुमहरु संचालनमा ल्याएको छ ।

आफ्नो अत्याधुनिक शोरुमहरुमा टिभीएसको सम्पुर्ण मोटरसाइकल र स्कुटरहरु उपलब्ध हुनुका साथै केहि समय अघि मात्र बजारमा ल्याइयको टिभीएस अपाचे आरआर ३१०, टिभीएस अपाचे आरटिआर १६० फोरभी र टिभीएस एनटोर्क १२५ स्कुटर पनि उपलब्ध रहने छ ।      

यहि आश्विन १ गते देखि व्यवसायिक रुपमा सञ्चालनमा आयका नयाँ अत्याधुनिक शोरुमहरु काठमाडौँको कान्तिपथ, कुपन्डोल, टुसाल, र काठमाडौँ बाहिर इनरुवा, राजविराज, सिराहा, धादिङ्ग, गरुडा, कावासोती र डँडेलधुरामा रहेका छन्, ग्राहकहरुले यी शोरुमहरु मार्फत टिभीएस का विभिन्न मोडलका मोटरसाइकल र स्कुटरहरु खरिद गर्न सक्नेछन । 

जगदम्बा मोटर कम्पनीका उपाध्यक्ष दिपक अग्रवालका अनुसार “ग्राहकहरुले अबका दिनहरुमा सुविधाजनक ढंगले स्थानीय शोरुम मार्फत सेवा प्राप्त गर्न सक्नेछन । टिभीएस ग्राहकहरुको सहज सुबिधा र किफायतीपन प्रति सदैव प्रतिवद्ध रहेको छ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप