शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रोस्टाइल म्यानहन्ट इन्टरनेसनल नेपाल २०१८ को घोषणा

सोमबार, ०१ असोज २०७५, १९ : ०१
सोमबार, ०१ असोज २०७५

काठमाडौँ । डाबर नेपालद्वारा पुरुष ग्राहकहरूका लागि लक्षित गरी उत्पादन गरिएको प्रोस्टाइल र ग्रुप अफ इभेन्ट एन्टरटेनरर्स (जिइइ)बीच प्रोस्टाइल म्यानहन्ट इन्टरनेसनल नेपाल २०१८ आयोजना गर्ने समझदारी भएको छ ।

प्रोस्टाइल र जिइइले आगामी प्रोस्टाइल म्यानहन्ट इन्टरनेसनल नेपाल २०१८ को घोषणाका साथै यो प्रतियोगिताका लागि आवेदन खुला गरेका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा यो प्रतियोगिताको आवेदन खुला गरिएको घोषणा गरिएको होे । 

प्रतियोगितामा भाग लिन ईच्छुक पुरुषहरूले म्यानहन्ट नेपालको फेसबुक पेजबाट थप जानकारी लिन सक्नेछन् । फेसबुकमा नै उपलब्ध गराइएको आवेदन फारम २४ कार्तिक सम्ममा सानेपास्थित जिइइको कार्यलयमा वा जिइइको इमेलमा बुझाइसक्नुपर्नेछ ।

यो प्रतियोगितमा आवेदन दिन १८ देखि ३४ वर्षका नेपाली युवाहरू हुनुपर्नेछ जसको उचाइ ५ फिट ८ इन्चभन्दा बढी र कम्तीमा एस.एल.सी. पास गरेको हुनुपर्छ । यो प्रतियोगिताको ग्रान्ड फिनाले २१ मङ्सीरमा होटेल अन्नपूर्णमा हुनेछ ।

विजेताले भियतनाममा आयोजित हुने म्यानहन्ट इन्टरनेसनल २०१९मा नेपालको प्रतिनिधित्व गर्नेछन् । दोस्रो र तेस्रो स्थान हासिल गर्ने विजेताहरूले क्रमशः मिस्टर ग्लोबल २०१९ तथा मिस्टर युनिभर्सल एम्बेसेडर २०१९ मा भाग लिनेछन् ।

कम्पनिले दिएको जानकारीका अनुसार प्रोस्टाइल म्यानहन्ट इन्टरनेसनल नेपाल २०१८ सम्पूर्ण नेपाली पुरुषहरूका लागि खुला प्रतियोगिता हो र यसको आवेदन दिनका लागि  www.facebook.com/manhuntinternationalnepal हेर्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप