शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विद्यालयमा खेल्दाखेल्दै लडेर ५ वर्षीय बालकको मृत्यु

सोमबार, ०१ असोज २०७५, १८ : ५८
सोमबार, ०१ असोज २०७५

सम्राट सिंह
बझाङ–जिल्लाको जयपृथ्वी नगरपालिका १० मा अवस्थित समता इङलिस बोडिङ स्कूलमा अध्ययनरत एक विद्यार्थीको खेल्ने क्रममा लडेर मृत्यु भएको छ । सोमबार विद्यालय छुट्टी भइसकेपछि स्कूलको आँगन नजिकै आफ्नी दिदिसँग खेल्दै गरेका जयपृथ्वी नगरपालिका १० खेइरा घर भएका जंग बहादुर कुँवरका  ५ बर्षीय छोरा नविन कुँवरको लडेर मृत्यु भएको हो । 

मृतक नविनको घाँटी र कानमा चोट देखिएको छ । सोही विद्यालयमा अध्ययनरत ७ वर्षीय दिदी नविनासँग खेल्दै गरेका नविन लडेर बेहोस भएपछि प्रहरीको गाडिमा अस्पताल लिदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रविन धितालले जानकारी दिए ।

घटनाको थप अनुसन्धान भइरहेको र आजनै मृतकको जिल्ला अस्पताल बझाङमा पोष्टमाटम गर्ने उनको भनाई छ । यता मृतक नविनका आफन्तहरुले भने विद्यालयको लार्पबाहीका कारण बालकको मृत्यु भएको हुँदा घटनाको सम्पूर्ण जवाफदेवी समता इङलिस बोडिङ स्कूलले नै लिनुपर्ने अडान लिदै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप