शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगितामा धुर्मुस सुन्तली भिँड्दै

सोमबार, ०१ असोज २०७५, १८ : ४६
सोमबार, ०१ असोज २०७५

काठमाडौं– भद्रगोलका कालकार ‘सीते बा’ उर्फ मधुसुदन पाठकले तेस्रो संस्करणको योनेक्स सनराइज जेष्ट राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएका छन् । पाठक अध्यक्ष रहेको जेष्ट ब्याडमिन्टन एकेडेमीले आज पत्रकार सम्मेलन गर्दै तेस्रो संस्करणको प्रतियोगिता असोज ३ गतेदेखि ७ गतेसम्म हुने जानकारी गराएको हो । उनले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

ब्याटमिन्टनको उद्घाटन धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल र कुञ्जना घिमिरेले संयुक्त रुपमा गर्नुका साथै दुवै जनाले ब्याटमिण्टन खेल्ने पाठकले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै सीते बाले आफ्नो खेलप्रतिको रुची र प्रेमले प्रतियोगिताको आयोजना गरिएको बताए । ब्याटमिन्टनको लोकप्रियता देशैभरि भएकोले स्वास्थ्यको हिसाबले राम्रो हुनुका साथै अस्पताल अनावश्यक धाउनुपर्ने झन्झट घट्ने सीतेबाको भनाई रहेको छ । 

प्रतियोगिता असोज ३ गते एकेडेमीको हल बसुन्धरामा हुनेछ । प्रतियोगितामा यसपटक ९ विधा समावेश गरिएको छ । यसपटक पुरुष युगल खुल्लालाई प्रतियोगितामा समावेश गरिएको नेपाल राष्ट्रिय ब्याडमिन्टन टिमका मुख्य प्रशिक्षक तथा प्रतियोगिता संयोजक सुदिप योन्जनले जानकारी गराए ।

खेलका हरेक विधाका विजेताहरुलाई नगद राशीसहित प्रमाणपत्र प्रदान गरिने भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप