शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लूम्विनी मेट्रो सिटिद्वारा अशोक लेलैण्डका वसहरु संचालन

सोमबार, ०१ असोज २०७५, १८ : ३८
सोमबार, ०१ असोज २०७५

रुपन्देही । रुपन्देहीमा पहिलो पटक छ थान सूविधा सम्पन्न अशोक लेलैण्डका वसहरु लूम्विनी मेट्रो सिटिद्वारा संचालनमा आएका छन् । उक्त वसहरुमा एसी, सिसि टिभी, डिजिटल डिस्प्ले तथा यात्रूहरुलाई चढ्न र ओर्लन सजिलो होस भन्ने हेतूले दूई ढोका दिईएका छन् ।

कम्पनी का अध्यक्ष धन वहादूर अधिकारी का अनूसार नेपालमा सबैभन्दा बढि सिट क्षमता भएको सि६ी बस संचालनमा ल्याएर सरकारको मास ट्रान्सपोर्टेशन नितिलाई अगाडी बढाएको बताए । विद्यार्थीलाई छूट, ”क” वर्गका अपाङ्गलाई निःशूल्क, ज्येष्ठ नागरिकलाई विशेष छुट दिईने कम्पनीका सञ्चालक कर्ण वहादूर केसीले जानकारी दिए ।

बसको सांचो हस्तान्तरण कार्यक्रममा आई.एम.ई. मोटर्सका का. प्रमूख अधिकृत सूरज भट्टराईले नेपालमा अशोक लेलैण्डको माग वढिरहेको र यसको पछाडी न्युनतम मर्मत खर्च र किफायती ईन्धत खपत तथा मजबूतीको नाम अशोक लेलैण्ड रहेको बताए ।

हाललाई एक करोड चूक्ता पूंजीबा६ सूरु भएको प्रा.लि.ले पहिलो चर०ामा वूटवलबाट वेलहिया, लूम्विनी, वर्दघाट, तौलिहवा र कृष्णनगरका लागि बसहरु संचालनमा आउनछन् । असोजभित्र १० वटा र मंसिरसम्म घण् वटा वसहरु पूर्याई प्रदेश छ का १२ वटै जिल्ला तथा काठमाडौं, पोखरा, विराटनगर र काकरभिट्टासम्म सेवा विस्तार गर्ने लक्ष्य रहेको प्रा.लि.ले जानकारी दिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप