शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जाङ्मु बनिन् मिस मंगोल

सोमबार, ०१ असोज २०७५, १७ : ४६
सोमबार, ०१ असोज २०७५

काठमाडौं – पुर्वी नेपालको हिमाली जिल्ला संखुवासभाकी जाङमु शेर्पाले नेपाल २०१८ को उपाधि जितेकी छन् । प्रतियोगितामा गोर्खाकी प्रीति गुरुङ र सोलुखुम्बुकी पुनम शेर्पा क्रमश फस्ट र सेकेन्ड रनरअप घोसित भए । मिस लिडरसिपसहित शिर्ष उपाधि चुमेकी जाङमु, फस्ट रनरअप प्रीति र सेकेन्ड रनरअप पुनमले थाइल्याण्डका लागि ५ दिने प्याकेज टुरको अवसर प्राएका छन् । 

एक्सन इन्टरटेनमेन्टद्धारा राजधानीमा आयोजित मिस मंगोल नेपालको यो दसौं संस्करण हो । शेर्पा समुदायका प्रतियोगीले मिस मंगोल नेपालको उपाधि जितेको यो पहिलो पटक हो । 

प्रतियोगितामा आइडियल इङलिस हाइस्कुलका निर्देशक पुर्ण लामा, चलचित्र निर्देशक उदय सुब्बा, संगीतकार शान्तिराम राई, व्यावसायी फुपुतेन्जिङ सेर्पा, पूर्वमिस मंगोल डा. एनिस्ता गुरुङ, गायिका मेनुका राई र शिक्षासेवी शिवहरी अधिकारी निर्णायक मण्डलमा रहेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप