मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वको लोकप्रिय मध्येको एक यु–ट्युब च्यानल बेचियो

सोमबार, ०१ असोज २०७५, १७ : ३७
सोमबार, ०१ असोज २०७५

एजेन्सी – विश्वको  लोकप्रिय मध्येको एक युट्युब च्यानल ‘लिटल बेबी बम’बिक्री भएको छ । च्यानलले साना बालबालिकाहरुलाई मन पर्ने खालका राइमहरु कार्टुन बनाएर प्रस्तुत गथ्र्यो । 

लिटल बेबी बम नामक च्यानल सन् २०११ मा लण्डन निवासी एक जोडिले स्थापना गरेका थिए । यो अवधिमा यो १७.५ अर्ब पटक हेरिएको छ । 

यस च्यानलाई मुनबग नामक संस्थाले किनेको छ । ब्लुमबर्गका अनुसार यसको बिक्रि मूल्य खुलाइएको छैन । 

विज्ञहरुको अनुसार यो युट्युव च्यानलको लागि दशौं लाख पाउण्ड तिरिएको हुनुपर्छ । 

“हामीले ब्राण्डलाई नयाँ स्तरमा लानेबारे सोचिरहेका थियौं,” च्यानलका सहसंस्थापक डेरेक होल्डरले भने,“ हामीले मुनवगको पछाडि को को छन् त्यसलाई हेरौं र तिनको योजनाहरुबारे पनि ख्याल गर्रौं । त्यो भनेको त्यसको कोरलाई यथावत राख्ने भन्ने हो तर विश्वभर रहेका टीभीहरुको लागि भागहरु बनाउने भन्ने हो ।”

उनले ‘असाधरण यात्रा’ पछि ब्राण्डलाई हस्तान्तरण गर्ने उचित समय आएको पनि बताए । 

लिटल बेबी बमले लामो भिडियोहरु प्रकाशित गथ्र्यो । सामान्यतया एक घण्टाको हुने भिडियोहरुमा काटुन पात्रहरुले नर्सरी राइम्सहरु गाएको देखाइन्थ्यो । 

सन् २०१५ मा होल्डले बेलायती पत्रिका गार्डियनसँगको कुराकानीमा भिडियोको लागि धेरै जसो अवधारणाहरु उनको श्रीमतीको हुने बताएका थिए । 

उनले त्यो क्रममा आफूहरुले भिडियोलाई सोचविचार गरेरनै लामो बनाएको बताएका थिए । 

स्थापना यता उक्त युट्युव च्यानल साप्ताहिक रुपमा भिडिया अपलोड गर्ने, च्यानलको विषयवस्तु समेटेर म्यागजिन र खेलौनाहरु उत्पादन गर्ने स्तरमा पुगेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप