बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

युरोपका दुई महानगरमा सवारी साधन निषेध गरिँदा यस्तो देखियो (फोटोफिचर)

सोमबार, ०१ असोज २०७५, १७ : २९
सोमबार, ०१ असोज २०७५

एजेन्सी – आइतबार ब्रसेल्स र पेरिसका सडकहरुमा कुनै कार थिएनन् । दुई सहरले वर्षमा एक दिन सहरभरि सवारी साधन निषेध गर्ने निर्णय गरेअनुसार  अाइतबार कुनैपनि सवारी साधन नचलाइएकाे हाे । । 

याे सँगै दुई महानगरका मेयरहरुले युरोपका सम्पूर्ण सहरहरुलाई वर्षमा एक दिन सवारी साधन मुक्त दिवस आयोजना गर्ने आफूहरुको कदम पछ्याउन समेत आह्वान गरेका छन्। 

पेरिसका मेयर एने हिडाल्गो र उनको ब्रसेल्स समकक्षी फिलिप क्लोजले जारी गरेको एक संयुक्त वक्तव्यमा जलवायु परिवर्तन र प्रदूषणले स्वास्थ्यमा पार्ने असरको मुद्धामा कदम चाल्न यसो गर्नुपरेको उल्लेख गरिएको छ । 

दुबै राजधानी सहरले आइतबार युरोपेली सम्पदा दिवसहरु अन्तर्गत यस्तो दिवस मनाउने निर्णय गरेका थिए । 

युरोपेली हेरिटेज दिवसहरुको अवसरमा युरोपेली युनियनका राष्ट्रहरुमा एक साता लामो विभिन्न सांस्कृतिक कार्यक्रमहरु आयोजना गर्ने गरिएको छ । 

वर्षको एक दिन सहरको सम्पूर्ण क्षेत्रमा सवारी साधन निषेध गर्नुको अतिरिक्त शुक्रबार पेरिसको नगर सभाले प्रत्येक महिनाको पहिलो आइतबार राजधानीका छ प्रमुख चोकहरुमा सवारी साधनमुक्त गराउने निर्णय गरेको छ । यो योजना अक्टोबर ७ देखि लागि हुनेछ ।

सामान्य दिनमा समेत सन् २०१७ र सन् २०१८ को बीच केन्द्रीय पेरिसमा कारको सङ्ख्या ६ प्रतिशतले घटेको छ । 

यस गिरावटको कारणले यो अवधिमा हवाई प्रदुषण उलेख्य मात्रामा घटेको नगरसभाले आफ्नो रिपोर्टमा बताएको छ ।

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप