मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

आयुष्मानसँग ‘ढल्की ढल्की...’ नाचिन् प्रियंका

सोमबार, ०१ असोज २०७५, १७ : ०२
सोमबार, ०१ असोज २०७५

काठमाडौं –दिपेन्द्र के खनालको निर्देशन रहेको यो बर्षको प्रतिक्षित चलचित्र ‘चङ्गा चेट’को गीत ‘गोजीमा दाम छैन’ले सांगीतिक आकाश तताइरहेको बेला निर्माण युनिटले फेरि अर्काे गीत ‘ढल्की ढल्की...’ सार्वजनिक गरेको छ । 

गीतमा विवाह बन्धनमा बाँधिने तयारी गरेका रियल प्रेमी जोडी अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान जोशी देखिएका छन् । गीतमा आयुष्मानले प्रियंकालाई गर्लफ्रेण्डका रुपमा मात्र नभएर पर्मानेन्ट श्रीमती बनाउने चर्चा गरेको सुन्न सकिन्छ । गीतमा सन्दिप क्षेत्री, रबिन्द्र झा, सुरक्षा पन्त र परमिता आरएल राणा पनि देखिएका छन् । 

अल्मोडा राना उप्रेतीको स्वर, हरिहर तिमल्सिनाको शब्द तथा मिस्टर आरजेको संगीत रहेको गीतलाई प्रविन सिंहले कोरियोग्राफी मार्फत सिंगार्ने काम गरेका छन् । 

माधव वाग्ले र शर्मिला पाण्डेले सयूंक्त रुपमा निर्माण गरेको यो चलचित्रको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । यसमा निश्चल बस्नेत, बेनिशा हमाल र ऋचा शर्माको विशेष भूमिका रहेको निर्माण युनिटले बताएको छ ।

चलचित्रमा अर्जुन पोखरेलको संगीत, निरक कँडेलको छायाँकन र दीर्घ खड्काको सम्पादन रहेको छ । डार्क कमेडी बिषय चलचित्रले देखाउने निर्देशक दिपेन्द्रले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप