केन्द्रीय संस्करण

अरिङ्गाले सरकार भन्दै नेविसंघद्वारा काठमाडौंमा प्रदर्शन (फोटोफिचर)

person access_timeअसोज १, २०७५ chat_bubble_outline0

काठमाडौं–  कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै नेविसंघले सोमबार काठमाडौंमा प्रदर्शन गरेको छ । 

नेविसंघका अध्यक्ष नैनसिंह महर, महामन्त्री कुन्दनराज काफ्ले लगायतका नेताहरुको नेतृत्वमा प्रदर्शन गरिएको केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए । 

सो क्रममा नेविसंघका कार्यकर्ताले सरकारको चर्को आलोचना समेत गरेका थिए । चुनावघि नेकपाले गुलिया कुरा गरेको तर चुनावपछि केही नगरेकाे भन्दै चर्को आलोचना समेत गरेका थिए ।

यस्तै प्रधानमन्त्रीको शनिबारको अभिव्यक्तिलाई संकेत गर्दै अरिंगाले सरकार भन्दै कटाक्ष समेत गरेका थिए । 

 राजधानीको विश्वभाषा क्याम्पसबाट निकालिएको विरोध जुलुस पुतलीसडकमा पुगेर कोणसभामा परिणत भएको थियो । 

कोणसभामा बोल्दै अध्यक्ष महर र उपाध्यक्ष कृष्णकुमारी बस्नेतले पन्तको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरे । 

 


 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ