शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘पाटा नेक्स्ट जेन एन्गेजमेन्ट अवार्ड’ पाटा नेपाल च्याप्टरलाई

सोमबार, ०१ असोज २०७५, १६ : २१
सोमबार, ०१ असोज २०७५

काठमाडौं । पाटा नेपाल च्याप्टरलाई ‘पाटा नेक्स्ट जेन एन्गेजमेन्ट अवार्ड’ प्राप्त भएको छ । पाटा नेपालका महासचिव विभूती चन्द ठाकुरले पाटा नेक्स्ट अवार्ड ग्रहण गर्दे पाटा नेपाल स्टुडेन्ट च्याप्टरमा आबद्ध सम्पूर्ण विद्यार्थीहरुलाई उनीहरुको निरन्तर लगाव र समर्पणको नतिजा भएको बताए ।

यो अवार्ड पाटाले प्रत्येक बर्ष विश्वभरी रहेका आफ्ना च्याप्टरहरुले युवा पुस्ताहरु संगको संलग्नता तथा सहकार्यमा पर्यटन क्षेत्रको प्रवद्र्धनमा प्रदान गरेको योगदान तथा निष्ठाको उच्च मुल्याङ्गनका आधारमा उत्कृष्ट च्याप्टरको रुपमा प्रदान गर्ने गर्दछ । 

पाटा नेपाल च्याप्टरले नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगम संगको सहकार्य तथा समन्वयमा पाटा ट्राभल मार्टको ४१ र्औ संस्करण सम्पन्न गरेको थियो । सेप्टेम्बर १२ देखि १४ सम्म मलेसियाको लंकाबीमा आयोजित पाटा ट्राभल मार्टमा नेपाली पर्यटन ब्यबसायीहरु, विद्यार्थी तथा मिडिया प्रतिनिधि सहित “नेपाल पेभिलियन” अन्र्तगत सक्रिय तथा प्रभावकारी सहभागिता जनाएका थिए । 

मलेसिया सरकारद्धारा होस्ट गरीएको पाटा ट्राभल मार्ट २०१८ मा नेपालबाट १० वटा निजि क्षेत्रका पर्यटन ब्यवसायी कम्पनिहरुले भाग लिए । मार्टमा विश्वभरीका ७० गन्तब्यहरुबाट १४००ले सहभागिता  जनाए । जसमा २०८ वटा संघ संस्था÷कम्पनिहरु तथा ३३ वटा गन्तब्यहरुबाट ३२% स्थानिय गरी कुल ३८९ विक्रेता र २४१ वटा संस्थाहरु तथा ५३ स्रोत बजारहरुबाट कुल २५२ क्रेताहरु बीच ब्यापार आदानप्रदान तथा गन्तब्य प्रवद्र्धन भेटघाट÷छलफल कार्यक्रमहरु आयोजना गरीएको थियो ।

साथै पाटाले नेपाल, बंगलादेश, सिंङ्गापुर, क्यानडा, फिलिपिन्स तथा मलेसियाबाट २१० जना युवा पर्यटन प्रोफेशनलहरुलाई पनि पाटा युथ सिम्पोजियमका लागि लंकावीमा आमन्त्रण गरेको छ । नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सुनिल शर्माले नेपालको अलौकिक सौन्दर्यता र विविधताका बारेमा अन्तराष्ट्रिय मिडिया प्रतिनिधिहरु सामु प्रस्तुत गर्दै उठेका प्र्रश्नहरुको जवाफ दिए ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले पाटा ट्राभल मार्ट नेपालको विविधता संसारका सामु देखाउने अनुपम अवसर भएको बताए । पाटा ट्राभल मार्टमा राखिएको नेपालको स्टलमा दर्शकको आकर्षण थियो ।

खासगरी परम्परागत प्यागोडा तथा स्तुपा शैलीमा सजाइएको नेपाली पेभिलियनमा नेपालको प्राकृतिक, सांस्कृतिक तथा साहसिक  पर्यटनका विविध सेवा तथा बस्तुहरु सजाइएको थियो ।पाटा नेपाल च्याप्टरका सिइओ सुरेश सिंह बुडालले पाटा नेपाल च्याप्टरले बेष्ट च्याप्टर अवार्ड पाउनु नेपाली पर्यटन क्षेत्रका लागि गर्वको बिषय भएको बताउदै पाटा नेपालले दीगो पर्यटन विकासका लागि आवश्यक जिम्मेवारी अनुरुप युवापुस्ताहरुसँगको आबद्धतालाई प्राथमिकतामा राख्दै भावी योजनाका बारेमा पाटा च्याप्टर कोलोकियममा प्रस्तुत गरे । 

नेपाल पर्यटन बोर्डले नेपाल भ्रमण वर्ष २०२० लाई अझ सशक्त प्रचार गर्न पाटा ट्राभल मार्ट २०१८मा बायर्स लाउन्जको प्रायोजन गरेको थियो । उक्त लाउन्जमा करिब २०० भन्दा बढी अन्तराष्ट्रिय बायर्सहरु पुगी ब्यापारिक छलफल तथा नेपाल गन्तब्यका बारेमा चासो ब्यक्त गरेका थिए ।
        
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप