बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

हिट–४३ मेगा व्याटलमा भिड्दै नेपाली युवा खेलाडी

सोमबार, ०१ असोज २०७५, १५ : ४४
सोमबार, ०१ असोज २०७५

काठमाडौं – जापानको नागोयामा आयोजित हिट–४३ मेगा व्याटल प्रोफेशनल किक बक्सिङ  प्रतियोगितामा नेपाली युवा खेलाडी अविरल घिमिरे प्रतिस्पर्धा गर्ने भएका छन् ।

जापानको नागोयामा आयोजित हिट–४३ मेगा व्याटल प्रोफेशनल किक बक्सिङ  नेपालको प्रतिनिधित्व गर्दै नेपाली खेलाडी अविरल घिमिरेले जापानीज फाईटर युहेयीसँग प्रतिस्पर्धा गर्ने लागेका हुन् । 

३ राउन्डको खेलमा विजयी भए बाज्रिल या वोलिभियाका खेलाडीसँग घिमिरेको प्रतिस्पदा हुनेछ ।

काठमाडौं चन्द्रगिरीका अविरल घिमीरेले यस अघि  विभिन्न देशका आठ खेलाडीहरूसँग हात पारेसकेका छन् ।

उनी पूर्व राष्ट्रिय मार्शल आर्ट खेलाडी देवकुमार घिमिरेका छोरा हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप