बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जापानमा बसुन्धरालाई लाईफ टाईम एचिभमेन्ट

सोमबार, ०१ असोज २०७५, १४ : ५१
सोमबार, ०१ असोज २०७५

टोकियो –जापानमा आयोजित पहिलो नेपाली अवार्ड ‘सुर्य ईन्टरनेशनल अवार्ड –२०१८’ आइतबार सम्पन्न भएको छ । टोकियोस्थित नाकानो जिरो हलमा आयोजित अवार्ड समारोहमा १६ बिधामा अवार्ड बाँडिएको छ । 

समारोहमा उत्कृष्ट अभिनेता अभिनेत्री पल शाह र पुजा शर्मा भए । यी दुबैले ‘म यस्तो गीत गाउँछ’ु चलचित्र अभिनयबाट अवार्ड थापेका हुन् । यो चलचित्रले सार्वजनिक प्रदर्शनमा मुस्किलले लगानी उठाउन सफल भएको थियो । 

समारोहमा प्रशान्त ताम्राकार र बर्षा राउतले सपोटिङ अभिनेता अभिनेत्रीको अवार्ड पाउँदा अभिनेता अनमोल केसी, सम्राज्ञीराज्य लक्ष्मी शाह, निर्देशकमा प्रदीप भट्टराई र चलचित्र ‘छक्का पञ्जा २’ ले पपुलर अवार्ड पाए । 

नेपालकी पहिलो हास्य अभिनेत्री बसुन्धरा भुषाललाई ‘लाईफ टाईम एचिभमेन्ट अवार्ड–२०१८’ले सम्मान गरिएको कार्यक्रममा सदाबहार नायक भुवन केसीले ‘सुर्य कलाकरिता सम्मान–२०१८’ थापे । 

कार्यक्रममा पत्रकार समिप्यराज तिमल्सेनालाई नगद २५ हजार जापानिज येन सहित ‘सुर्य चलचित्र पत्रकारिता–२०१८’ पुरस्कार र फोटो पत्रकार श्रीधर पौडेललाई पनि नगद १५ हजारसहित सोही पुरस्कार दिइयो । 
गायनतर्फ भने रामजी खाँण, सम्झना लामिछाने मगर, कमल खत्री, इन्दिरा जोशी, राजेश पायल राई र मेलिना राईले अवार्ड लिए । 

नेपाली फिल्म र गीत संगीतको प्रबद्र्धनमा टेवा पुर्याउने उदेश्यले आयोजित अवार्डले आगामी बर्ष पनि निरन्तरता पाउँने आयोजक संस्थाका अध्यक्ष बासुदेव लामिछानेले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप