बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

६ हजारमा १० लाखको तमसुक प्रकरण : तमसुक जफत, जग्गा फिर्ता

सोमबार, ०१ असोज २०७५, १४ : ४५
सोमबार, ०१ असोज २०७५

गुल्मी– रातोपाटी अनलाईनमा ‘६ हजार दिएर १० लाखको तमसुक’ शीर्षकको समाचार  प्रकाशित भएलगत्तै प्युठान वादीकोटका रेकमबहादुर खत्रीको ठगी धन्दाको पर्दाफास भएको छ । खत्रीले छिमेकी जिल्ला गुल्मी मदाने गाउँपालिका वडा नम्वर ६  पुर्कोटदहका  ७८ वर्षीय बृद्ध ज्ञानबहादुर घर्तीलाई ६ हजार रुपैयाँमा १० लाखको तमसुक बनाई १० रोपनी जग्गा दृष्टि पास गराएका थिए ।  

समाचार प्रकाशित भएपछि जिल्ला प्रशासन कार्यालय गुल्मीले उनलाई पक्राउ गरेको थियो । प्रशासनसमक्ष उनले गल्ती स्वीकार गर्दै जग्गा घर्तीलाई फिर्ता गरेका छन् ।  प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले खत्रीले ठगी धन्दा चलाएको स्पष्ट भएको भन्दै सोमबार उक्त जग्गा फिर्ता गर्न जिल्लामार्फत पठाउने र पीडितहरुलाई पनि न्याय दिलाउने प्रतिबद्धता जनाए । 

त्यस्तै, प्रमुख जिल्ला अधिकारी पौड्यालले रेकमबहादुरको घरमा रहेका खत्री लगायतका सबै तमसुकहरु प्रशासनले नियन्त्रणमा लिने र छानविन गरिने जानकारी दिए ।  यसैबीच रेकमबहादुरले खत्रीलाई मात्रै नभइ गाउँका अन्य सोझासाझालाई पनि त्यसैगरी ठगेको भन्दै प्रशासन कार्यालयमा उजुरी दिएका छन् । 

नागरिक समाजका अध्यक्ष पदम पाण्डेले घटनाबिरुद्ध सिङ्गो गुल्मीका जनता उत्रिने भएकोले छानविन समिति गठन गरेर उनीबाट पीडित सबैलाई न्याय दिलाउने गरी प्रशासन अगाडी बढ्न सुझाव दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप