शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ईजी एस्योरेन्स र अजोड इन्स्योरेन्स लिमिटेडबीच सम्झौता, मोबाइलमा एस्योरेन्स सेवा प्रदान गर्ने

सोमबार, ०१ असोज २०७५, १४ : ३८
सोमबार, ०१ असोज २०७५

काठमाडौं । ईजी एस्योरेन्स र अजोड इन्स्योरेन्स लिमिटेडबीच मोबाइल फोनमा एस्योरेन्स सेवा सुविधा दिने सम्बन्धी सम्झौता भएको छ ।

ईजी एस्योरेन्सका अध्यक्ष संजित पौडेल र अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीबीच मोबाइल फोनमा एस्योरेन्स सेवा प्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो सम्झौतापछि ईजी एस्योरेन्सले मोबाइल प्रयोगकर्ताहरुको मोबाइल झरेर फुटेमा, मोबाइलमा पानी पसेमा वा मोबाइल चोरी भएमा एस्योरेन्स सेवा दिएका प्रयोगकर्ताहरुलाई क्षतिपूर्ति दिनेछ ।

त्यस्तै आगलागीबाट मोबाइल नष्ट भएमा पनि त्यसको क्षतिपूर्ति दाबी गर्न सकिनेछ । ईजी एस्योरेन्स प्रालिले यो सेवा लिएका मोबाइल प्रयोगकर्ताहरु कुनैपनि प्रकारको दुर्घटनामा परेर मृत्यु भएमा सो बापत एक लाख रुपैयाँको दुर्घटना बीमा अन्तरगत रकम प्रदान गर्नेछ ।

ईजी एस्योरेन्स प्रा.लि.ले प्रदान गरिरहेको मोबाइल फोन एस्योरेन्स सेवा अन्तरगत मोबाइल ग्राहकहरुले न्यूनतम १,५०० भन्दा माथिका मोबाइलहरुमा यो सेवा लिन सकिनेछ । न्यूनतम ४९ तिरेर १ वर्षसम्म मोबाइल फोन एस्योरेन्स सेवा उपयोग गर्न सकिनेछ । एस्योरेन्सको लागि लाग्ने शुल्क भने मोबाइलको मूल्यअनुसार फरक फरक हुनेछ ।

यस बाहेक ईजी एस्योरेन्सले कुनैपनि मोबाइल खरिदकर्तालाई कम्पनीले दिने भन्दा थप मोबाइल तथा सफ्टवेयरमा १ वर्षको अतिरिक्त वारेन्टी प्रदान गर्नेछ । यो सेवा उपयोग गर्न चाहने मोबाइल ग्राहकहरुले मोबाइल खरिद गरेको सात दिन भित्र मोबाइल किनेको पसलबाट वा अन्य कुनै मोबाइल पसलबाट सेवा लिन सक्नेछन भने सात दिनपछि ईजी एस्योरेन्सको आधिकारिक सर्भिस सेन्टरबाट मात्र यो सेवा लिन सकिनेछ ।

मोबाइल फोन एस्योरेन्स सेवामा शर्तहरु लागू हुनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप