शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कात्तिकमा इण्डो–नेपाल राष्ट्रिय कराँते प्रतियोगिता हुने

सोमबार, ०१ असोज २०७५, १४ : ०७
सोमबार, ०१ असोज २०७५

काभ्रे– आउँदो कात्तिक महिनामा काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा प्रथम इण्डो–नेपाल खुला तौल समूह फुल कन्ट्याक्ट (क्योकुशिन–सेइसिन) कराँते प्रतियोगिता तथा तेस्रो राष्ट्रिय पुरुष तथा महिला तौल समूह क्योकुशिन–सेइसिन (फूलकन्ट्याक्ट) कराँते प्रतियोगिता–२०७५ आयोजना गरिने भएको छ । 

नेपाल क्योकिशिन–सेइसिन काइकान कराँते सङ्घद्वारा आज बनेपामा आयोजित पत्रकार सम्मेलनमा आउँदो कात्तिक महिनाको १६ र १७ गते हुने उक्त राष्ट्रिय प्रतियोगिताअन्तर्गत तेस्रो राष्ट्रिय पुरुष तथा महिला तौल समूह क्योकुशिन–सेइसिन (फूलकन्ट्याक्ट) कराँते प्रतियोगितामा महिला र पुरुष सात/सात तौल समूहमा विभाजन गरी ३०० र प्रथम इण्डो–नेपाल खुला तौल समूह फूल कन्ट्याक्ट (क्योकुशिन–सेइसिन) कराँते प्रतियोगितामा खुला तौल समूहका नेपाल र भारतका १०० गरी ४०० खेलाडी सहभागी रहने जानकारी दिइयो । 

सङ्घका नेपाल शाखाप्रमुख अशोककुमार श्रेष्ठले नकआउटका आधारमा सञ्चालन हुने उक्त प्रतियोगितामा ३०, ४०, ४५, ५०, ५५ र ५५ केजीभन्दा माथि तौल समूहका खेलाडीबीच प्रतिस्पर्धा हुने जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप