बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

भाइरल ज्वरोको संक्रमण : अस्पतालहरुमा विरामीको चाप

सोमबार, ०१ असोज २०७५, ११ : ५६
सोमबार, ०१ असोज २०७५

परासी– अत्याधिक गर्मी र बायुमण्डल प्रदुषित भएकाले गाउँ–सहरमा भाइरल ज्वरोको संक्रमण बढेको छ । 

अत्याधिक गर्मी, छिनछिनमा बर्षा र बायुमण्डलमा धुलो–धुँवाले वातावरण प्रदुषित भई भाईरल ज्वारोको संक्रम बढदै विरामीहरुको संख्या पनि बृद्धि भएको छ । अहिले गर्मी–बर्षा सिजन सकिदै जाडो सिजनमा परिवर्तन भैरहेकाले मौसम परिवर्तका कारण पनि मानिसहरु विरामी पर्न थालेको चिकित्सकहरु बताउँछन् ।  

प्रदुषित वातावरण र मौसम परिवर्तका कारण भाइरल ज्वरोको संक्रम बढदै यतिबेला जिल्लाको विभिन्न अस्पतालहरुमा विरामीहरुको चाप बढेको जिल्ला पृथ्वीचन्द्र अस्पतालका सुपरिटेण्डेट डाक्टर आनन्द कुमार शर्माले बताए । 
उनले भने, यस सिजनलाई अनहेल्दी सिजनको रुपमा पनि लिने गरिन्छ यस सिजनमा बढि बर्षा हुने र बर्षाको पानी सहजै खोलानालमा निकास नभई ठाउ–ठाउँमा मरेर गर्मी बढने, चर्काे घाम हुने, लामखुट्टे टोक्ने, छिनैछिनमा गर्मी र चिसोहुने कारणले मानिसहरु विरामी पर्न थालेको डाक्टर शर्माले जानकारी दिए ।

यतिबेला जिल्लाको मुख्य अस्पताल पुथ्वीचन्दं्र अस्पताल, पाल्ही प्रांथमिक स्वास्थ्य केन्द्र, चिसापानी अस्पताल, चौपत्ता अस्पताल, बेलाटारी अस्पताल संगै विभिन्न स्वास्थ्य चौकीहरुमा विरामीहरुको चाप निकै बढेको पाइएको छ ।
 अस्पतालहरुमा उपचार गराउन आउने अधिकांश विरामीहरु ज्वरो, रुघाखोकी, स्वास प्रस्वास समस्या र झाडापखाला, टाउको दुख्नु, शारिरिक हस, अल्छी र कमजोरी भएका विरामी भेटिने गरेको पाल्ही प्राथ्मिक स्वास्थय केन्द्रका हेल्थ असिस्टेन्ट महेश्वर गुप्ताले बताए ।

उनले भने पाल्हीनन्दन गाउँपालिका कभरेज एरिया रहेको यस केन्द्रमा दिनहुँ करिब १५० जना विरामी उपचार सेवा लिन आउछन् खास गरि यसबेलामा ईम्युनिटी कमजोर भएका र विशेष गरि बुढापाखा र बच्चाहरु रोगको संक्रमणमा पर्ने गरेका हेअ गुप्तालेब जानकारी दिए । 
भाइरल ज्वरो हुन बित्तिकै नजिकको स्वास्थय संस्थामा गई उपचार सेवा लिन र विरामीले माक्स लगाउन, शारिरिक सफाईमा ध्यान दिन, खानपानमा ध्यान र सफा वातावरणमा बस्न चिकित्सकहरुले आग्रह गरेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप