शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल भारतबाट अलग रहन सक्दैन : भारतीय सेना प्रमुख

सोमबार, ०१ असोज २०७५, १० : १२
सोमबार, ०१ असोज २०७५

पुने । भारतीय सेना प्रमुख विपिन रावतले नेपाल र भुटानजस्ता देशहरु भारतबाट अलग रहन नसक्ने बताएका छन् । आफ्नो भौगोलिक अवस्थाका कारण उनीहरु भारततर्फ बढी ढल्किएको बताउँदै उनले सो दाबी गरेका हुन् । 

पुनेमा भएको बिमस्टेक राष्ट्रहरुको संयुक्त सैन्य अभ्यासपछि पत्रकारहरुसँग कुरा गर्दै रावतले भौगोलिक अवस्थाका कारण नेपाल चीनतर्फ ढल्कन नसक्ने पनि बताए ।

माइलेक्स–१८ नामक सैन्य अभ्यासमा नेपालको अनुपस्थिति र चीनतर्फ बढ्दो घनिस्टताबारे गरिएको प्रश्नको जवाफ दिँदै रावतले भने, ‘उनीहरु भारतबाट अलग रहनै सक्दैनन् । नेपाल र भुटानजस्ता देश प्राकृतिकरुपमा भारततर्फ ढल्किएका छन्, उनीहरुको भौगोलिक अवस्थाको कारण । उनीहरुको भौगोलिक अवस्थाले उनीहरुलाई चीनभन्दा पनि भारततर्फ बढी ढल्काएको छ । हाम्रो नेतृत्वले नेबरहुड फस्ट र एक्ट इस्टको नीति अपनाएको छ । बिमस्टेक त्यही प्रयासको हिस्सा हो । हामी हाम्रो छिमेकीहरुसँग सम्बन्ध सुधार गरिरहेका छौँ । हामी ठूलो राष्ट्र हौँ, हामीले अगुवाई गर्यौँ भने अरुहरु हामी पछिपछि आउने छन् ।’

सैन्य अभ्यासमा बिमस्टेक राष्ट्रहरु मध्ये भारत, भुटान, म्यानमार, श्रीलंका र बंगलादेशले भाग लिएको थियो भने नेपाल र थाइल्याण्डले पर्यवेक्षक पठाएको थियो ।

इन्डियन एक्सप्रेसबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप