शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गर्भवती श्रीमती सामुन्ने श्रीमानको विभत्स हत्या

सोमबार, ०१ असोज २०७५, ०९ : ३२
सोमबार, ०१ असोज २०७५

बीबीसी

भारतको तेलंगानाको नालगोंडा जिल्लामा अनर किलिङ (इज्जतको लागि हत्या) को मुद्दा सार्वजनिक भएको छ । जिल्लाको मिरयालागुडा शहरमा एक अस्पताल बाहिर २४ वर्षे पेरुमाल्ला प्रणयको उनकी गर्भवती श्रीमतीको अघिल्तिरै विभत्स हत्या भएको छ ।

श्रीमतीको उपचारपछि दुबैजना अस्पतालको प्राङ्गणमै भएका बेला एक व्यक्तिले धारिलो हतियारमार्फत प्रणयको गर्धनमा दुईपटक हमला गरे ।

प्रणयको तत्काल मृत्यु भयो ।

प्रणय र अमृताले जनवरी ३१ तारिखमा प्रेम विवाह गेका थिए जसका कारण दुबैका परिवार रुष्ट थिए । यद्यपी, प्रणयका परिवारले पछि दुबैलाई स्विकारेका थिए । तर अमृताका परिवार भने रिसाइरहेकै थिए ।

यस्तोमा पुलिसलाई यो अनर किलिङ भएको हुनसक्ने शंका छ ।

जिल्लाका एसपी रंगानाथले बीबीसी तेलुगूले यसलाई अनर किलिङको आधारमा अनुसन्धान थालिएको जानकारी दिए ।

अमृताको पितामाथि हत्याको आशंकाः

प्रणय दलित हुन् र अमृता वैश्य समुदायकी हुन् । अमृताका पिता रियल स्टेट कारोबारी हुन् ।

पुलिसले अमृताका पिताले हत्या गराएको हुनसक्ने अनुमान गरेको छ ।

पुलिसले यो मामलामा अमृताका पिता मारुती रावलाई अभियुक्त–१ र उनका भाइ श्रवणलाई अभियुक्त –२ बनाउँदै कारवाही सुरु गरेको छ ।

अमृता ९ कक्षामा हुँदा १० कक्षामा पढ्ने प्रणयसँग दोस्ती भएको थियो । दुबैले बीटेकको पढाई गरे । पछि जब दुबैले आ–आफ्नो परिवारसँग विवाह गर्ने इच्छा व्यक्त गरे तब अमृताका पिता मारुती रावले ठाडो अस्विकार गरे ।

बुवाले छोरीलाई फिर्ता बोलाउन कोसिस गरिरहेः

त्यसपछि दुबैले हैदराबाद गएर विवाह गरे । त्यसपछि दुबै प्रणयको घरमा बस्न थाले ।

विवाह पछि पनि मारुती रावले आफ्नी छोरीलाई माइती फिर्ता गर्न निकै कोसिस गरे तर छोरी मान्दै मानिनन् ।

प्रणयका पिता बाला स्वामीले बीबीसीसँगको कुराकानीमा विवाहको दुई महिना पछि नै उनीहरुले प्रणयको हत्या गर्ने योजना बनाइरहेको बताए । यसबारे प्रणय निकै चिन्तित भएको पनि उनले जानकारी दिए ।

त्यसैबीच अमृता गर्भवती भइन् ।

शुक्रबार प्रणय र उनकी आमा अमृतासँगै मिरयालागुडाको नीजि अस्पतालमा उपचाका लागि गएका थिए ।

सिसिटीभीमा कैद भयो पूरा घटनाः

उनीहरु अपरान्ह १२ बजे अस्पताल भित्र प्रवेश गरे । साढे एक बजे उपचार गराएर जब उनीहरु बाहिर निस्किए तब एक व्यक्तिले उनीहरुको पिछा गरे र त्यसको केही समयपछि नै प्रणयको गर्धनमा धारिलो हतियारले दुईपटक हमला गरे जसका कारण प्रणयको तत्काल मृत्यु भयो ।

हतियारलाई घटनास्थलमा नै छोडेर हत्यारा त्यहाँबाट भाग्न सफल भए । उक्त घटना सिसिटिभी क्यामरामा रेकर्ड भयो जसको मद्दतले हत्याराको पहिचान भइसकेको छ तर अहिलेसम्म उनी पक्राउ हुन सकेका छैनन् ।

पुलिसले दिएको जानकारी अनुसार विवाहको केही दिनपछि नै दुबैले पुलिस आइजीसँग मिलेर सुरक्षाको माग गरेका थिए । उनीहरुलाई अमृताका पिताबाट खतरा भएको भान हुन्थ्यो । जिल्ला पुलिस एसपीले मारुती रावलाई बोलाउँदा उनले केही पनि नगर्ने जानकारी दिएका थिए ।

पुलिसले भन्यो, ‘यो हत्या भाडाको हत्यारामार्फत गराइएको हो र हामीले हत्यारा पक्राउ गर्नका लागि समूह गठन गरेका छौं ।’

अमृताका काकालाई पुलिसले सह अभियुक्त बनाएर अनुसन्धान थालेको छ ।

‘मैले दुबैलाई शहरबाट निकै टाढा बस्न भनेको थिएँ’

प्रणयका पिताले आफ्ना छोरा बुहारीलाई शहरबाट टाढा बस्न आग्रह गरेको बताउँछन् । उनी भन्छन्, ‘मारुती राव करोडपति छन् । उसले पैसाको बलमा केही न केही पक्कै गर्नेछन् भन्ने लाग्थ्यो त्यसकारण मैले छोरा बुहारीलाई कतै टाढा जाउ भनेको थिएँ । तर बुहारीले आफ्नो बुवालाई फकाउने भन्दै टाढा जान मानिनन् । ’

उनले थपे, ‘अमृताको केही समयदेखि आफ्नो आमा–बुवासँग कुरा भइरहेको थियो र उनीहरुले आफू बदलिएको अमृतालाई विश्वास दिलाएका थिए । तर उनीहरुले मेरो छोराको हत्या गराए ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप