शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रोनाल्डोको गोलको खडेरीको अन्त्य

सोमबार, ०१ असोज २०७५, ०९ : १५
सोमबार, ०१ असोज २०७५

एजेन्सी । क्रिस्टियानो रोनाल्डोले गोलको खडेरी तोड्दा साबिक विजेता युभेन्टसले ससुलोलाई पराजित गर्दै सिजनमा शतप्रतिशत नतिजा कायम राखेको छ ।

रियल म्याड्रिडबाट युभेन्टस आए यता पहिलो तीन खेलमा गोलविहीन रहेका रोनाल्डोले दोस्रो हाफको शुरुवातमा ट्याप इन गर्दै पहिलो गोल गरे ।

खेलको ६५ औँ मिनेटमा काउन्टर अट्याकमा ३३ वर्षीय खेलाडीले दोस्रो गोल गरे ।

इन्जुरी समयमा खोउमा ससुलोका लागि बाबाकारले गोल फर्काए । लगत्तै डगलस कोस्टा पनि रातो कार्ड खाँदै मैदानबाट बाहिरिनु परे पनि युभेन्टसले खेल २–१ ले आफ्नो पक्षमा खेल पार्न सफल रह्यो ।

ब्राजिलियन विङ्गरले फेडेरिको डि फ्रान्सेस्कोमाथि थुकेको, टाउकोले र कुहिनाले हिर्काउने प्रयास गरेको पत्ता लागेपछि भिडियो एसिस्टेन्ट रेफ्रीले उनलाई रातो कार्ड दिन निर्देशन दिएका थिए ।

यता, रोनाल्डोले खेलको शुरुवातमा दुईवटा अवसर नगुमाएको भए ह्याट्रिक पूरा गर्ने अवसर थियो ।

उनले पहिलो गोलका लागि ३२० मिनेट पर्खनु पर्यो भने उनको २८ औँ प्रहारले पहिलो पटक जाली चुम्यो ।

चार खेलमा युभेन्टसको चौँथो जीत हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप