बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालजस्तो सुन्दर ठाउँ विश्वमा देखिनः बलिउड अभिनेता गोविन्दा

आइतबार, ३१ भदौ २०७५, २० : १८
आइतबार, ३१ भदौ २०७५

काठमाडौं– बलिउड अभिनेता गोविन्दाले आफू नेपालीहरुको मायाले भावविभोर भएको बताए । आइतबार आयोजित एल.जी. सिने सर्कल अवार्ड–२०७५ मा विशेष अथितिको रुपमा सहभागि उनले नेपालको सुन्दरताको समेत प्रशंसा गरे । 

प्रर्दशनी मार्गस्थित राष्ट्रियसभा गृहमा आयोजना भएको अवार्ड कार्यक्रममा गोबिन्दालाई कार्यक्रममा प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुनले ढाकाको दोसल्ला ओडाएर सम्मान गरेका थिए ।  कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गोबिन्दाले आफ्नो पहिलो प्रेम (हाल श्रीमती) नेपाली युवती भएको नेपालप्रति विशेष आत्मियता रहेको बताए । उनले ठट्टा गर्दै नेपाल आफ्नो ससुराली देश भएको समेत बताए । गोबिन्दाकी श्रीमती सुनिता अहुजा नेपाली मुलकी हुन् । 

गोविन्दा आफ्नी छोरी टिनाका साथ कार्यक्रमको विशेष आतिथ्य गर्नको लागि शनिबार नेपाल आएका हुन् ।  आजै बिहान पशुपतिनाथको दर्शन गरेका उनले नेपाल माया र साहसमा विश्वकै अनुकरणीय देश रहेको बताए । सम्बोधनको क्रममा उनले नेपालजस्तो सुन्दर ठाउँ आफूले संसारमा अन्त कतै नदेखेको उल्लेख गरे ।  

सम्बोधनको क्रममा निक्कै धार्मिक सुनिएका गोबिन्दले बारम्बार आफूले ईश्वरजस्ती आमा पाएको बताउदै जीवनमा आफूमाथि ईश्वरको ठूलो कृपा भएको बताए ।

उनले ईश्वरले आफूलाई फिल्म खेल्नकै लागि बनाएको बताउँदै यही कारण आफू फिल्म लाइनमा आउँदा शुरुतिरै ७५ फिल्मको अफर आएको र त्यसमध्ये धेरै पन्छाउनुपरेको बताए । उनले भने, ‘मेरा सिनियर र ईश्वरको कृपाले म अहिलेको अवस्थामा छु ।’

कार्यक्रममा उनले लाइफटाइम अचिभमेन्ट अवार्ड, उत्कृष्ट फिल्म अवार्ड समेत वितरण गरेका थिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप