शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदीप र प्रियंका पपुलर, निता र नाजिर उत्कृष्ट, रानालाई लाइफ टाइम

आइतबार, ३१ भदौ २०७५, २० : ०४
आइतबार, ३१ भदौ २०७५

काठमाडौं – निता ढुंगाना र नाजिर हुसेन उत्कृष्ट अभिनेता अभिनेत्री घोषित भएका छन् । ‘एलजी सिने अवार्ड–२०७५’मा निता ‘पञ्चायत’ र नाजिर ‘तिमिसँग’ चलचित्र अभिनयबाट उत्कृष्ट ठहरिएका हुन् । नाजिरले बलिउड अभिनेता गोबिन्दा र निताले गोबिन्दाकी छोरी  टिना आहुजाबाट अवार्ड थापिन् । 

अवार्ड थापेपछि बोल्दै अभिनेत्री निताले आफुले गर्न नचाहेको र निर्देशकको करले अभिनय गरेको पञ्चायतले अवार्ड दिलाउदा निकै खुसी रहेको बताइन् । उनले त्यो खुसीको क्षणमा चलचित्र युनिटलाई समेत सम्झेकी थिइन् । 

आईतबार राजधानीको प्रदर्शनी मार्गस्थित सभागृहमा सिने सर्कल नेपालले आयोजना गरेको अवार्ड समारोहमा ‘तिमीसँग’ले उत्कृष्ट फिल्म अवार्ड हात पार्दा उत्कृष्ट निर्देशक भने चलचित्र ‘भुइमान्छे’बाट नवराज बुढाथोकी भए ।

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ मुख्य अतिथि र बलिउड अभिनेता गोबिन्दा विशेष अतिथि रहेको अवार्ड समारोहमा अभिनेता पुष्प खड्काले क्रिटिक्स अवार्ड हात पारे । 

दुई दर्जन विधामा अवार्ड प्रदान गरिएको समारोहमा प्रदीप खड्का र प्रियंका कार्की पपुलर अभिनेता अभिनेत्री घोषित भए । प्रदीपले चलचित्र ‘लिलिबिलि’बाट यो अवार्ड हात पार्दा प्रियंकालाई ‘छक्का पन्जा चलचित्रले अवार्डको हकदार बनायो ।
 
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ 

अवार्ड समारोहमा बरिष्ठ निर्देशक किशोर रानालाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड २०७५’ बाट सम्मान गरिएको थियो । भर्खर मृगौला प्रत्यारोपण गरेका कारण रानाको अवार्ड उनकी धर्मपत्नी संगीता रानाले बुझेकी थिइन् । लामो समयदेखि चलचित्र निर्देशनमा उनले दिएको योगदानको कदर गर्दै रानालाई ५० हजार रुपैयाँसहित सम्मान गरिएको थियो । 

कार्यक्रममा के–के भयो ?

–कार्यक्रमको सुरुमा नेपाल आर्मी ब्याण्डले नेपाली चलचित्रको तथा  अभिनेता गोबिन्दाले अभिनय गरेको बलिउड चलचित्रको गीतहरुको धुन प्रस्तुत गरेको थियो । 

–अभिनेता सालोन बस्नेत, अभिनेत्री सारा सिर्पाली र केही कोरसले चलचित्र ‘सुश्री सम्पन्ती’को  ‘हुकुम बक्सियोस्’ गीतमा आकर्षक नृत्य देखाएका थिए । 

– अभिनेता तथा कोरियोग्राफर गम्भिर बिष्टले अभिनेता गोबिन्दा अभिनित बिभिन्न चलचित्रको गतिमा उनकै शैलीमा नृत्य गरेर देखाएका थिए । 

– गोबिन्दाको पहिलेदेखि अहिलेसम्मका बिभिन्न बिषय समेटिएको छोटो वृतचित्र समेत देखाइएको थियो । 

क–कस्ले पाए अवार्ड ?

बेष्टपोस्टर : शान थापा र विजय बस्याल (शत्रुगते)

बेष्ट ट्रेलर : सुरेन्द्र पौडेल (कृ)

मोष्टपपुलर गीत :  कुटुमा कुटु (दुई रुपैयाँ )

बेष्ट भिएफएक्स : माओत्सुगु (माई लभ)

मष्ट कमेन्डेवल चलचित्र : पञ्चायत

मष्ट पपुलर अभिनेता : प्रदीप खड्का (लिलिबिलि)

मष्ट पपुलर अभिनेत्री : प्रियंका कार्की (छक्का पन्जा–२)

बेष्ट सम्पादक : मित्र डि गुरुङ्ग (शत्रुगते) 

बेष्ट ब्यगग्राउण्ड स्कोर : एलिस कार्की (लिलिबिलि)

बेष्ट स्कृन प्ले : शिशिर राणा, सुसिल क्षेत्री (तिमिसँग)

बेष्ट प्लेब्याक सिंगर फिमेल : मेलिना राई (कुटुमा कुटु– दुई रुपैयाँ)

बेष्ट प्लेब्याक सिंगर मेल : सुगम पोखरेल (तिमी रोएको पल – ऐश्वर्या ) 

बेष्ट एक्सन निर्देशक : चन्द्र पन्त (कृ)

बेष्टअफ स्क्रिन कपल : दीपिका प्रसाई र रमेश उप्रेती (ऐश्वर्या)

बेष्ट संगीतकार : अर्जुन पोखरेल ( भन्छु आज–  म यस्तो गीत गाउँछु ) 

बेष्ट डिओपी : बिदुर पाण्डे (भुइँमान्छे)

बेष्ट अभिनेत्री : नीता ढुंगाना (पञ्चायत)

बेष्ट अभिनेता : नाजिर हुँसेन (तिमीसँग)

बेष्ट निर्देशक : नवराज बुढाथोकी (भुइँमान्छे)

बेष्ट चलचित्र : तिमीसँग (नयन प्रोडक्सन)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप