बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चाडपर्व मनाऔं, एनआईसी एशिया रेमिटसँगै

आइतबार, ३१ भदौ २०७५, १९ : ४१
आइतबार, ३१ भदौ २०७५

काठमाडौं । ‘चाडपर्व मनाऔं, एनआईसी एशिया रेमिट सँगै’ भन्ने नारा सहित एन आई सी एशिया बैंकले नेपालीहरुको महान चाड दशै तिहार, छठको शुभ उपलक्ष्यमा आन्तरिक विप्रेषण रकम पठाउँदा हरेक चौथो कारोवार निःशुल्क पठाउने ब्यवस्था गरेको छ ।

रेमिट रकम ग्राहकहरुले यस बैंकका २४६ शाखा कार्यालयहरु, १४ वटा एक्सटेन्सन काउण्टर, १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई एवं ६,५०० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा प्राप्त गर्न सक्नेछन् ।

यो सुविधा आगामी आश्विन, कात्र्तिक एवं मङ्सिर महिनासम्म लागि रहनेछ । योे समयमा ग्राहकहरुले रकम पठाउँदा उच्च लाभ प्राप्त हुने र सहज तवरबाट यस बैंक मार्फत सजिलै रकम पठाउन र निकाल्न सक्नेछन् ।

यस बैंकले २०७५ आश्विन १ देखि २०७५ मङ्सिर २९  सम्म एनआईसी रेमिट मार्फत रकम पठाउने ग्राहकहरुलाई ३ पटक रकम पठाउँदा १ पटक सित्तैमा पठाउन पाउने अवसर प्रदान गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप