शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रकाण्ड छुटाउन सर्वोच्चमा पाँचौपटक रिट दायर

आइतबार, ३१ भदौ २०७५, १९ : १७
आइतबार, ३१ भदौ २०७५

काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको दल नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माको रिहाईका लागि सर्वोच्च अदालतमा पाँचौपटक रिट दायर भएको छ । प्रकाण्डका भाई वीरेन्द्र विकले आइतबार पाचौंपटक उनलाई गैरन्यायिक हिरासतमा राखेको भन्दै  बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका हुन् । निवेदनको पेशी भोलीका लागि तोकिएको सर्वोच्चका सहायक प्रवक्ता नगेन्द्रकुमार कालाखेतीले रातोपाटीलाई जानकारी दिए ।  

प्रकाण्डका भाई वीरेन्द्रले सर्वोच्च अदालतले रिहाईका लागि पटक–पटक आदेश जारी गर्दा समेत गैरकानुनी थुनामा राखेको भन्दै रिट दर्ता गराएका हुन् । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृहमन्त्रालय, गृहमन्त्री रामबहादुर थापा, प्रहरी प्रधान कार्यालय नक्साल, महानगरीय प्रहरी वृत्त सिंहदरबार र डिएसपी काजीकुमार आचार्य, महानगरीय प्रहरी परिसर टेकु, उदयपुर जिल्ला अदालत, उदयपुर प्रहरी कार्यालय र प्रहरी प्रमुखलाई विपक्षी मुद्धा दायर गरिएको हो । 

उनका भाई वीरेन्द्रले प्रकाण्डलाई सर्वोच्च अदालतबाट भएको आदेशलाई जानाजान अवज्ञा गर्दै नेपालको संविधानको धारा १२८ को ४ उल्लंघन गर्दै २०७५ भदौ २९ गते चौथोपटक सर्वोच्च अदालत हाताबाटै प्रक्राउ गर्दै अदालतको आदेशको समेत अवहेलना गरेको जिकिर गरेका छन् । 

प्रकाण्डलाई सर्वोच्च अदालतले भदौ ४ मा पहिलोपटक, भदौ ७ गते दोश्रोपटक, भदौ १८ गते तेश्रो पटक र चौथोपटक २९ गते चौथोपटक रिहाई गरेको थियो । सर्वोच्चले रिहाईको आदेश लगतै प्रहरीले अदालत हाताबाटै प्रकाण्डलाई प्रक्राउ गरी विभिन्न अभियोगमा विभिन्न जिल्ला अदालतमा मुद्धा दर्ता गराउँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप