शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा क्लाउड कम्युटिङ प्रवेश, अलिबाबा क्लाउड र टेलिनेटबीच साझेदारी

आइतबार, ३१ भदौ २०७५, १९ : १५
आइतबार, ३१ भदौ २०७५

काठमाडौं । अलिबाबा समुहको क्लाउड कम्प्युटिङ शाखा अलिबाबा क्लाउडले नेपालको बजारमा शक्तिशाली, सुरक्षित, भरपर्दो र कम लागतका क्लाउड कम्प्युटिङ उत्पादनहरु र सेवाहरु उपलब्ध गराउने लक्ष्यका साथ लक्की ग्रुप कम्पनीको टेलिनेटसँग साझेदारी अघि बढाएको छ ।

यस कार्यबाट यहाँका स्थानीय व्यवसायीहरुलाई डिजिटल रुपान्तरणबाट प्रस्तुत विभिन्न अवसरहरुको लाभ मिल्ने टेलिनेटले जनाएको छ ।

लक्की ग्रुप कम्पनीको टेलिनेट नेपालमा आइभिआर सहितको टेलिकम भिएएस, वेब, एप र डब्लुएपि आधारित सोलुसनहरु, डिजिटल रुपान्तरण, आइओटि लगायत सबै टिभी शोहरु र रियालिटी शोहरुका लागि टेलि–भोटिङ मन्चहरु आदि डिजिटल व्यवसायमा संलग्न रहँदै आएको छ ।

अब यो सहकार्यसँगैं अलिबाबा क्लाउडले यो डिजिटल युगमा स्थानीय व्यवसायको लागि डिजिटल रुपान्तरणमा अग्रसर हुन सहयोग पुर्याउनेछ। अलिबाबा क्लाउडले उच्च पर्फर्मेन्स, क्लाउडमा लचिलो कम्प्युटिङ क्षमताहरु प्रदान गराउँदछ र यि सेवाहरु खरीद गर्न उपलब्ध छन् र भुक्तानी ग्राहकले रोजेको मोडल अनुसार हुनेछ ।

यसमा भण्डारण, सम्बद्ध डाटाबेसहरु, बिग डाटा प्रशोधन र अनुसन्धानात्मक, आधुनिक सुरक्षण र सामग्री उपलब्ध गराउने नेटवर्कहरु समाविष्ट छन् । यस्तै अलिबाबा क्लाउड बृहत डाटाबेस प्रणालीहरु एवं आधुनिक बिग डाटा प्रविधिहरुको अनुसन्धान र विकास प्रति प्रतिबद्ध रहेको छ ।

अनुसन्धान र विकास अन्तर्गत आइओटि प्रविधि, भर्चुअल रियालिटी, स्मार्ट होम्स, अटोमोटिभ नेटवर्किङ र सूचना प्रणालीहरु र क्लाउडमा आधारित मोबाइल उपकरण संचालन प्रणाली समावेश छन् । 

“अलिबाबा क्लाउड डिजिटल युगका अवसरहरुको उपयोग गर्न भविष्य प्रमाणित प्रविधिहरु जुन हामी संचालन गर्दछौं त्यसलाई बजारमा उपलब्ध गराएर सबै खाले व्यवसायहरुको सशक्तिकरणका लागि सदैव समर्पित छ ।

हाम्रो लक्ष्य नेपालमा सबै खाले व्यवसायहरुले प्राथमिकतामा राखेको क्लाउड सर्भिस सेवा प्रदायक बन्ने रहेको छ र यसको लागि हामीले टेलिनेटको स्थानीय विज्ञसँग हातेमालो गरेर क्लाउड सोलुसनका सम्पूर्ण सेवाहरु प्रदान गर्ने नीति लिएका छौं ।” अलिबाबा क्लाउड इण्डियाका जनरल मैनेजर डा.एलेक्सले बताए ।

टेलिनेटका अध्यक्ष प्रतिक जलानले भने, “हामी नेपालमा अलिबाबा क्लाउडसँग साझेदार गर्न पाएकोमा अति नै उत्साहित छौं । अलिबाबा क्लाउडसँग भएको यो साझेदारीले हाम्रा इन्टरप्राइज ग्राहकहरुका लागि हाम्रो डिजिटल क्षमता अझ विस्तार गर्नेछ ।

साथै हामी हाम्रो च्यानल पार्टनर इकोसिस्टमसँग पनि सहकार्य गर्न लालायित छौं जसले गर्दा प्रयोगकर्तालाई उत्तम छनौट र बढी लचिलो अफरहरु मार्फत् सम्पूर्णता सहितको उत्कृष्टता प्रदान गर्न सकियोस् ।”  

अलिबाबा क्लाउडसँग अहिले विश्वभर रहेका १८ वटा आर्थिक केन्द्रहरुमा ४९ वटा उपलब्धता क्षेत्रहरु रहेका छन्, यसको पहुँच क्षेत्र चीन, हङकङ, सिंगापुर, जापान, अष्ट्रेलिया। मध्यपूर्व, युरोप, भारत र यु एस (पूर्वी र पश्चिमी कोस्ट) भित्र पर्दछन् ।                                             
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप