शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सिद्धार्थ बैंक र प्रभु लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स

आइतबार, ३१ भदौ २०७५, १८ : ५१
आइतबार, ३१ भदौ २०७५

काठमाडौं । सिद्धार्थ बैंक र प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ ।

सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबन्धक अर्जुन भद्र खनाल र प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख व्यवसायिक अधिकृत प्रयास श्रेष्ठबीच हस्ताक्षर भयो ।

त्यस्तै सिद्धार्थ बैंकका सहायक महाप्रबन्धक खनालले आगामी दिनहरुमा, प्रभु लाइफ इन्स्योरेन्समा जीवन बीमा गर्ने ग्राहकवर्गहरुलाई आवश्यक जीवन बीमा सम्बन्धी सेवाहरु सिद्धार्थ बैंकको प्रधान कार्यालय हात्तिसारमा लिन सकिने बताए ।

साथै बैंकको १२३ शाखाहरुबाट पनि यो सेवा उपलब्ध हुनुका साथै नविकरण प्रिमियम तथा जीवन बीमाको प्रिमियम सिद्धार्थ बैंकबाट सजिलै बुझाउन सकिने महाप्रबन्धक खनालले बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप