बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ग्यासको आपूर्ति ठप्प हुन सक्ने चेतावनी

आइतबार, ३१ भदौ २०७५, १८ : २६
आइतबार, ३१ भदौ २०७५

काठमाडौं– नेपाल एलपी ग्यास उद्योग संघले ग्यासको आपूर्ति ठप्प हुन सक्ने चेतावनी दिएको छ ।  दसैं, तिहारजस्ता मुख्य चाडपर्वको मुखैमा नेपाल एलपी ग्यास उद्योग संघले कुनै पनि बेला ग्यासको आपूर्ति ठप्प हुन सक्ने चेतावनी दिएको हो ।

भारतीय ढुवानीकर्ताले माग गरे बमोजिमको ढुवानी खर्च दिने अवस्था नरहेकाले कुनै पनि बेला ग्याँसको आपूर्ति बन्द हुन सक्ने अवस्था आएको संघका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए । आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले सबै बस्तुमा मूल्य वृद्धि भएपछि ग्यासको ढुवानीको खर्च बढने भन्दै आफूहरुले राखेको माग सरकारले बेवास्ता गर्दै आएको आरोप पनि लगाए ।

संघले डिजेलको मूल्य बढेको भन्दै भाडा समायोजन नभए ग्यास ढुवानी बन्द गर्ने पत्र भारतीय ढुवानीकर्ताहरुले पठाएको पनि दावी गरेको छ ।  अध्यक्ष भण्डारीले भारतीय ढुवानीकर्ताको सो पत्र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई बुझाए पनि समस्या समाधानका लागि कुनै पहल नभएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे ।

उनले चाडबाडका बेला बढि माग हुने भएकाले पनि ग्याँसको अभाव बढेर जाने पनि स्मरण गराए । सरकारले हालसम्म पनि नेपाली नम्बर प्लेटका ग्याँस बुलेटहरु सञ्चालनमा ल्याउने कानुनी व्यवस्था गर्न नसकेकोमा संघको आपत्ति छ ।

अध्यक्ष भण्डारीले डिजेल, पेट्रोलको मूल्यवृद्धि, करको दायरा वृद्धि, बैंक ऋणको व्याजदरमा वृद्धिका कारण पनि ग्याँस उद्योग मारमा पर्ने अवस्था आएको पनि उल्लेख गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप