बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सुनकाण्डमा जेल परेका डिएसपी प्रजित केसी थुनामुक्त

आइतबार, ३१ भदौ २०७५, १८ : ०५
आइतबार, ३१ भदौ २०७५

काठमाडौं । ३३ किलो सुनकाण्ड र सनम शाक्य हत्या प्रकरणमा मुछिएका डिएसपी प्रजित केसी रिहा भएका छन् । डिएसपी केसी गत वैशाख १६ गते पक्राउ परेका थिए । 

आइतबार उच्च अदालत, विराटनगरले डिएसपी केसीलाई साधारण तारेखमा छोड्न आदेश दिएको छ । जिल्ला अदालत, मोरङको आदेश उल्ट्याउँदै उच्च अदालतका न्यायाधीशद्वय उमेशराज पौडेल र उमेश कुमार सिंहको संयुक्त इजलाशले केसीलाई थुनामुक्त गर्न आदेश दिएको हो । 

डिएसपी केसीले थुनामुक्त हुन पाउँ भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए ।

केसी तत्कालिन महानगरीय अपराध अनुसन्धान, महाशाखामा कार्यरत थिए । महाशाखाका तत्कालिन प्रमुख एसएसपी दिवेश लोहनी पनि गत भदौ २९ गते मात्र साधरण तारेखमा रिहा भएका थिए । 

केसीविरुद्ध सुन तस्करीका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’लाई बचाउने प्रयास गरेको आरोप लागेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप