बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जेएनयूको विद्यार्थी निर्वाचन : प्रमुख चारै वटा पदमा वाम गठबन्धन विजयी

आइतबार, ३१ भदौ २०७५, १६ : ४८
आइतबार, ३१ भदौ २०७५

एजेन्सी । शुक्रबार नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) मा भएको विद्यार्थी युनियन निर्वाचनको मत परिणाम आएको छ । मतपरिणाम अनुसार प्रमुख चारै वटा पदहरुमा वाम गठबन्धनले उठाएका उमेद्वारहरु विजयी भएका छन् । 

१४ घण्टा मतगणना रोकिएपछि आइतबार साँझबाट मतगणना शुरु भएको थियो । 

मत परिणाम आएपछि सत्तारुढ भाजपा नजिकको विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद (एबीभीपी)ले आफूहरुलाई जानकारी नगराई मतगणना शुरु गराएको आरोप लगाएको छ । 

निर्वाचनमा वामपन्थी उमेद्वार एनसाई बालाजी स्ववियू अध्यक्षको पदमा विजयी भएका छन् । त्यस्तै विश्वविद्यालयको विद्यार्थी युनियनको उपाध्यक्षमा वामपन्थी उमेद्वार सारिका चौधरी चुनिदा सोही समूहका उमेद्वारहरु ऐजम अहमद राथर महासचिव र अमुथा जयदीप सचिवमा नियुक्त भएका छन् । 

वाम गठबन्धनमा अल इण्डीय स्टुडेन्ट एसोशियसन(आइसा), स्टुडेन्टस् फेड्रेशन अफ इण्डिया(एसएफआई), अल इण्डिया स्टुडेण्ट फेडेरेशन(एआईएसएफ) र डेमोक्रेटिक स्टुडेन्ट फेडेरेशन(डीएसएफ) नामका विद्यार्थी संगठनहरु थिए । 

प्रमुख पदमा विजयी हुने एन साई बालाजीले २,१६१ भोट, सारिका चौधरीले २,६९२ भोट, एजाज अहमदले २,४२३ भोट र अमुथाले २,०४७ भोट प्राप्त गरेका थिए । 

हिजो एबीभीपीका समर्थकहरुले मतपत्र बाकस राखिएको स्कुल अफ इन्टरनेशनल स्टडिजको भवनमा लुटपाट गरेका थिए । त्यसपछि मतगणना अवरुद्ध भएको थियो ।

शुक्रबार भएको अत्यन्त प्रतिस्पर्धात्मक निर्वाचनमा ६७.८% मतदाताले मत दिएका थिए, जुन सहभागीता विगत ६ वर्ष यताको सबैभन्दा बढी हो । निर्वाचनमा ५,००० भन्दा बढी विद्यार्थीहरुले मतदान गरेका थिए । 

जेएनयू विद्यार्थी युनियनको निर्वाचनमा वामपन्थी गठबन्धका उमेद्वारको अतिरिक्त एबीभीपी, कङ्ग्रेससम्बद्ध नेशनल स्टुडेन्टस् युनियन अफ इण्डिया(एनएसयुआई) र वाप्सका उमेद्वारहरु निर्वाचनमा सहभागी थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप