शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

झण्डै आँखै फुट्यो...

आइतबार, ३१ भदौ २०७५, १६ : २१
आइतबार, ३१ भदौ २०७५

एजेन्सी । लिभरपुलका फरवार्ड रोबर्टो फर्मिन्होले शनिबार टोटनहम हटस्पर्सबिरुद्धको खेलमा आफ्नो आँखामा लागेको चोट धेरै गम्भिर नभएको बताएका छन् ।

स्पर्सका डिफेन्डर जान भेर्टोगेनले ब्राजिलियन खेलाडीको आँखामा औँलाले घोचेपछि उनले मैदाननै छाड्न बाध्य बनेका थिए ।

‘मेरो आँखा ठीक छ, र म पनि,’ फर्मिन्होले बताएका छन् ।

२० मिनेटको खेल बाँकी रहँदा चोटपछि फर्मिन्होलाई केहीबेर मैदानमा उपचार गरिएको थियो तर पछि क्लपले उनलाई सब्सिटिच्युट गरेका थिए ।

लगत्तै उनलाई वेम्बले स्टेडियमबाट लण्डनस्थित मुरफिल्ड आँखा अस्पतालमा लगिएको थियो । उनलाई अहिले अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

क्लबले एक वक्तव्य जारी रहँदै अस्पतालको जाँचपछि आँखामा औँलाले रगडिएको भए पनि दीर्घकालिन समस्या नरहेको जानकारी दिएको छ ।

मंगलबार हुने खेलमा उनको सहभागिताबारे भने उनको थप स्वास्थ्य परिक्षणपछि तय गरिनेछ ।

च्याम्पियन्स लिगमा लिभरपुलले मंगलबार एनफिल्डमा पेरिस सेन्ट जर्मेनको आतिथ्य गर्दैछ ।

यता, फर्मिन्होले आफ्नो स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप