शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अलमलमा परेका छैनौं : मुख्यमन्त्री पौडेल

आइतबार, ३१ भदौ २०७५, १६ : १८
आइतबार, ३१ भदौ २०७५

काठमाडौं– प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफूहरु अलमलमा नरहेको दावी गरेका छन् । मुख्यमन्त्री पौडेलले समस्यै समस्याबाट गुज्रिनु परेकाले सरकारले अपेक्षा अनुसार गतिलिन नसकेको पनि स्पष्ट पारेका छन् ।

आईतबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उनले कर्मचारीको अभाव, संरचनाको अभावका कारण आफू नेतृत्वको सरकारको कामले गति लिन नसकेको स्मरण गराए ।  मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले कामलाई गतिदिने गरी बाटो बनाउने काम गरिरहेको दावी पनि गरे ।

उनले केही समयपछि उद्योगी, व्यवसायीहरुले अपेक्षा गरेभन्दा बढि काम गरेर देखाउने आश्वासन पनि दिए । मुख्यमन्त्री पौडेलले प्रदेश ३ को समृद्धिका लागि उद्योग स्थापना मूल आधार रहेको पनि स्पष्ट पारे ।
उनले प्रदेश ३ को समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गरेर जाने प्रतिवद्धता पनि दोहोर्याए । 

मुख्यमन्त्री पौडेलले निजी क्षेत्रको लगानी समृद्धिको आधार भएकाले सोही अनुसारको नीति तथा कार्यक्रम प्रदेश सरकारले बनाएको पनि उल्लेख गरे । मुख्यमन्त्री पौडेलले उद्योग स्थापनाका लागि सहज वातावरण बनाउन आवश्यक सबै सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप