बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्सेले किन रोक्यो युनिलिभरको सेयर कारोबार ? २४ घण्टे स्पष्टिकरण माग

आइतबार, ३१ भदौ २०७५, १५ : ५३
आइतबार, ३१ भदौ २०७५

काठमाडौं–नेपाल स्टक एक्सचेन्जले युनिलिभर नेपालको कारोबार स्थगन गरेको छ । 

युनिलिभिरले धितोपत्र बजारलाई प्रभाव पार्ने सूचना तत्काल उपलब्ध गराउनुपर्ने पर्नेमा सो विपरीत  ढिला सुचना उपलब्ध गराएको भन्दै नेप्सेले  २४ घण्टे स्पष्टिकरण सोधेको छ । 

युनिलिभरले  भदौ १२ गते आफ्नो सञ्चालक समितिबाट पारित गराएको लाभांशको जानकारी नेपाल स्टक एक्सचेन्जलाई भदौ २८ गतेमात्रै गराएको थियो । 

धितोपत्र सूचीचकरण विनियमावली २०७५को विनियम २२ को उपविनियम १ को खण्ड (ङ) बमोजिम कारबाही किन नगर्ने भन्दै पत्रमार्फत प्रश्न गरेको छ । पत्र प्राप्त भएको २४ घण्टाभित्र स्पष्टिकरण पेश गर्न नेप्सेले निर्देशन दिएको छ ।

सेयर मूल्यमा प्रभाव पार्ने यस्ता खालका सुचना तत्काल उपलब्ध गराउनुपर्ने कानुनी प्रावधान छ । युनिलिभरको सेयर कारोबार रोकिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप