अण्डाको मूल्य बढ्यो
चितवन– अण्डाको मूल्य बढ्न थालेपछि कृषकलाई राहत मिलेको छ । एक वर्षयता अण्डाको मूल्य बढ्न सकेको थिएन । नेपाल अण्डा उत्पादक सङ्घका अनुसार फार्ममा ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु तीन सय तथा मध्यमखालको अण्डा प्रतिक्रेट रु २४० मा बिक्री हुन थालेको छ । यसअघि ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु २६० र मध्यमको रु १८० रहेको सङ्घका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिए । ‘उत्पादन लागत नोक्सानीमा थियो,’ उनले भने ।
किसानको उत्पादन लागत मूल्य प्रतिगोटा रु नौ पर्छ । हालको मूल्यमा ठूलो अण्डाले लागत मूल्य धानेको छ भने मध्यम अण्डाले मूल्य धान्न नसकेको कँडेलले बताए । डेढ वर्ष अघि अण्डाको मूल्य प्रतिक्रेट रु ३६० सम्म पुगेको थियो । क्रमशः घट्दै आएर लागत मूल्य नधान्ने अवस्थामा पुगेको हो ।
सङ्घका सचिव मदन पोखरेल बजारमा माग बढेसँगै अण्डाको मूल्य बढेको बताउँछन् । चाडपर्व शुरु हुनु, पर्यटकको आगमन बिस्तारै बढ्दै जानु, स्कूल र कलेज सञ्चालनमा आउनु, पहाडी भेगका सडकमा गाडी चल्न थाल्नु लगायतका कारण बजारमा अण्डाको माग बढेको उनको भनाइ छ ।
किसानले कम मूल्य पाए पनि बजारमूल्य भने अण्डाको प्रतिगोटा रु १४ छ । कृषकबाट उपभोक्तासम्म पुग्दा पाँच ठाउँमा कमिशन खुवाउनुपर्ने भएकाले किसानले अण्डाको उचित मूल्य पाउन नसकेका हुन् । नेपालमा दैनिक ३५ लाख अण्डा उत्पादन हुन्छ ।
यस पेशाबाट प्रत्यक्ष रूपमा एक लाख ७५ हजार व्यक्तिले रोजगारी पाएका छन् । दुई हजारभन्दा बढी किसान लेयर्स कुखुरापालनमा संलग्न छन् । देशमा पोल्ट्री क्षेत्रमा भएको लगानीको आधा हिस्सा लेयर्समा रहेको अध्यक्ष कँडेल बताउँछन् । पोल्ट्री क्षेत्रमा रु ७० अर्बभन्दा बढी लगानी रहेको छ । आधाभन्दा बढीमा बैंकिङ क्षेत्रको ऋण लगानी छ । बिचौलिया प्रभाव घटाएर कृषक र उपभोक्तालाई लाभ पुग्ने गरी मूल्य निर्धारण गर्नुपर्ने किसानको माग छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
-
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबिच आज द्विपक्षीय वार्ता, विभिन्न सम्झौतामा हस्ताक्षर हुने
-
यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना, तराईमा हावाहुरी
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण