बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

फर्किए सञ्चारमन्त्री बास्कोटा

आइतबार, ३१ भदौ २०७५, १४ : ५९
आइतबार, ३१ भदौ २०७५

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटा दक्षिण कोरियामा आयोजित एसिया प्यासिफिक क्षेत्रका मन्त्रीस्तरीय बैठकमा भाग लिई आईतबार स्वदेश फर्किएका छन् ।  मन्त्री बास्कोटा दक्षिण कोरियाको राजधानी सियोलमा आयोजित एसिया प्यासिफिक क्षेत्रका १२ वटा देश सहभागी मन्त्रीस्तरीय बैठकमा भाग लिई आइतबार दिउँसो स्वदेश फर्किएका हुन् ।

बैठकले विश्वमा प्रयोगमा आएका आधुनिक सूचना प्रविधिको प्रयोगका लागि एसिया प्यासिफिक क्षेत्रका राष्ट्रहरुबीच सहकार्य गरेर अघि बढने विषयमा छलफल केन्द्रित रहेको मन्त्री बास्कोटाले जानकारी दिए । 
बैठकमा जनस्तरमा सूचना प्रविधिको सहज पहुँच र आय वृद्धिमा कसरी योगदान गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल गरिएको थियो ।

बैठकका क्रममा मन्त्री बास्कोटाले दक्षिण कोरियाका समकक्षी यू योङ मीनसँग भेट गरी द्धिपक्षीय हितका विषयमा पनि छलफल गरेका थिए ।  दक्षिण कोरियाको सूचना प्रविधि नेपाल भित्र्याउने विषयमा समकक्षी मीनसँग आवश्यक छलफल गरिएको मन्त्री बास्कोटाले बताए । त्यसक्रममा उनले समकक्षी मीनलाई नेपाल भ्रमणको निमन्त्रणा पनि गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप