शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मेस्सी र रोनाल्डोसँगै इब्राहिमोविच ‘५ सय’ क्लबमा

आइतबार, ३१ भदौ २०७५, १४ : ५१
आइतबार, ३१ भदौ २०७५

एजेन्सी । ज्लाटान इब्राहिमोविच बार्सिलोनाका स्टार लियोनेल मेस्सी र युभेन्टसका क्रिस्टियानो रोनाल्डोसँगै क्लब र देशका लागि ५ सय गोल गर्ने सक्रिय खेलाडीको क्लबमा प्रवेश गरेका छन् ।

टोरोन्टो एफसीबिरुद्ध राउन्डहाउस किकमार्फत गोल गर्दै स्वीडिस खेलाडीले ५ सय क्लबमा प्रवेश गर्न सफल भएका हुन् ।

हाल एमएलएस क्लब एलए ग्यालाक्सीबाट खेल्ने इब्राहिमोविचभन्दा अघि सक्रिय खेलाडीमध्येमा मेस्सी र रोनाल्डोमात्र रहेका छन् ।

माल्मो एफएफ, आयाक्स, युभेन्टस, इन्टर मिलान, एफसी बार्सिलोना, एसी मिलान, पेरिस सेन्ट जर्मेन, म्यान्चेस्टर युनाइटेड र एलए ग्यालेक्सीबाट ७४७ खेल खेल्दै इब्राहिमोविचले ४३८ गोल गरेका छन् भने देशका लागि ११४ खेलमा ६२ गोल गरेका छन् ।

ग्यालेक्सीका लागि इब्राहिमोविचले १८ खेलमा १७ गोल गरिसकेका छन् ।

आफ्नो करियरमा इब्राहिमोविचले ३३ उपाधि जितेका छन् ।

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप