शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

साउदी अबरमा काम गर्न जाने नेपाली कामदारको पारिश्रमिकमा पुनरावलोकन, कसको कति ?

आइतबार, ३१ भदौ २०७५, १४ : ४१
आइतबार, ३१ भदौ २०७५

काठमाडौं– वैदेशिक रोजगारीका लागि साउदी अरब जाने नेपाली कामदारको न्यूनतम ज्यालामा पुनरावलोकन भएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको प्रस्तावलाई हालैको मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको हो ।  ६ वर्ष पछि ज्यालामा पुनरावलोकन गरिएको हो । 

अब साउदी जाने नेपाली कामदारले न्यूनतम ज्याला १००० रियाल र खाना भत्ता ३०० रियाल देखि अधिकतम ज्याला ११०० रियाल र खानाभत्ता ५०० रियाल पाउनेछन् ।

सरकारको यो निर्णयले सबैभन्दा धेरै साउदी जाने अदक्ष कामदार लाभान्वित श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । 

 यस अघि ८०० न्यूनतम ज्याला र खाना भत्ता २०० रहेकोमा नयाँ व्यवस्था अनुसार ज्याला १००० रियाल र खाना भत्ता ३००  नेपाली अदक्ष कामदारले पाउनेछन् ।

 साथै साउदी जाने कामदारको औषधि उपचार, आवास, यातायात, आतेजाते हवाई टिकट रोजगारदाताले नै उपलब्ध पनि मन्त्रालयले जनाएको छ । 

साउदी जाने अदक्ष, अर्धदक्ष, दक्ष र व्यवसायिक कामदारका लागि न्यूनतम जालामा भएको नयाँ व्यवस्थाको विस्तृत तालिक हेर्नुहोस्ः


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप