शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नोबेल स्वास्थ्य शिविरमा एक हप्तामा ३५ सय बिरामीको निःशुल्क उपचार

आइतबार, ३१ भदौ २०७५, १४ : २३
आइतबार, ३१ भदौ २०७५

विराटनगर । नोबेल शिक्षण अस्पतालले गत साता मोरङका चार स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी ३ हजार ५ सय ४० जना बिरामीको निःशुल्क उपचार गरेको छ । गत आईतवारदेखि शनिवारसम्म मोरङको कटहरी, बेलवारी, बुढीगंगा र ग्रामथानमा शिविर सञ्चालन गरी बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ । 

गत आईतवार कटहरी गाउँपालिकाको सितपुरमा सञ्चालित शिविरमा ६३ जनाले भिडियो एक्सरे र ४७ जनाले ल्यावटेष्ट गराउँनुका साथै ३ सय २७ जना बिरामीले निःशुल्क उपचार सेवा लिए । बेलवारी नगरपालिका–८ बिहिबारेमा सोमबार गरिएको शिविरमा ६ सय ८ जना बिरामीले निःशुल्क उपचार गराए ।

शिविरमा ८२ जनाको भिडियो एक्सरे, ६५ जनाको ल्यावटेष्ट र २१ जनाको ईसीजी गरिएको नोबेल अस्पतालका मार्केटिङ अफिसर सञ्जय मण्डलले बताए ।

त्यस्तै मोरङको बुढिगंगा गाउँपालिका–६ सुकचरमा बिहिबार सञ्चालित शिविरबाट ४ सय ३२ जना बिरामीले निःशुल्क उपचार पाए । त्यस्तैगरी, मोरङको ग्रामथान गाउँपालिका स्थित तेतरियामा पनि शुक्रवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी २ हजार १ सय ७६ जना बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए ।

नोबेलले गर्ने हरेक शिविरमा बिशेषज्ञ डाक्टरसहितको टोली गएर मेडिसिन, स्त्रीरोग, बालरोग, नाक कान घाँटी, आँखा रोग, दन्त रोग, हाडजोर्नी तथा नसा रोग, छाला रोग, मानसिक रोग लगायतको उपचार गर्ने गरिएको नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप