शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

यो साता बजारमा भित्रिए यस्ता गीत (भिडियोसहित)

आइतबार, ३१ भदौ २०७५, १४ : १२
आइतबार, ३१ भदौ २०७५

काठमाडौं – गीत संगीतको ब्यवसाय ओरालो लागेपनि उत्पादनमा भने तिब्रतानै छाएको छ । अचेल दैनिक आधा दर्जन हाराहारीका नयाँ गीत संगीत सार्वजनिक हुने गरेका छन् । नयाँ तथा पुराना गायक गायिका प्राय सबैको गति संगति बजारमा आइरहेको छ । यो साता पनि बजारमा करिब एक दर्जन बढी नयाँ गीत भित्रिएका छन् । ति यसप्रकार रहेका छन् । 

‘कोहीले भन्छन्’
नायिका प्रियंका कार्कीले अभिनय गरेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । पछिल्लो समय फिल्मसँगै म्युजिक भिडियोमा पनि अभिनय गर्दै आएकी प्रियंकाको ‘कोहीले भन्छन्’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो । गीतमा गायिका मेलिना राईले आवाज दिएकी छिन् । श्रमिक बरालको शब्दमा संगीतकार बसन्त सापकोटाले संगीत भरेका छन् । लुम्बिनीमा छायांकन गरिएको म्युजिक भिडियोलाई सुदिप बरालले खिचेका छन् । नृत्य निर्देशक कविराज गहतराजले निर्देशन गरेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन र उदयराज पौडेलले एरेन्ज गरेका छन् । 

‘जाग्यो यो मनमा माया जाग्यो ’

गायक सानु स्याङ्वा(ह्याल्मो)को आधुनिक गीत ‘जाग्यो यो मनमा माया जाग्यो ’ बोलको गीत सार्वजनिक गरिएको छ । सानुकै स्वर रहेको गीतलाई उनैले लेखेका हुन् । एक्लो एकान्तमा ,यो मनले तिमीलाई मन पराइसक्यो, म त आए सुन प्रिए लगायत उनका चलेका गीतहरु हुन । मेरो प्यारो भाई ,जनिजर लगायत आधा दर्जन फिल्मका गीतमा स्वर दिइसकेका छन् । 
महिमा सिलवाल र महेश दुधराज माथी फिचरिङ गरिएको गीत काठमाडौको आसपासमा खिचिएको हो । महिमा र महेशको भिडियोमा जीवन्त अभिनय देख्न सकिन्छ । भिडियोलाई युवा निर्देशक हरि वाग्लेले निर्देशन गरेका हुन् । 

मुना मदन’

गायक गौतम शेर्पाको निकै मार्मिक  लोकदोहोरी गीत  ‘मुना मदन’को भिडियो बजारमा आएको छ । गीतमा गायक गौत्तम शेर्पा र गायिका ऋष्मा तामाङको स्र छ । 

मायालु जोडिको दुखद पल, पिडादायी पलहरु र संघर्षका पलका यादहरुलाई समेटेर गीत तयार गरिएको छ । बद्रि पाठक र विरेन्द्र ढकालको शब्द तथा मौलिक लय सिर्जनामा गीत तयार गरिएको हो । 
गीतको भिडियोलाई बविता श्रेष्ठले निर्देशन गरेकी हुन् ।
भिडियोमा  मोडल सुमन खतिवडा र सारिका केसीको अभिनय रहेको छ ।


‘पिरती लाउँदिन दुईतिर...’

कविता शिवाकोटीको स्वरमा ‘पिरती लाउँदिन दुईतिर...’ गीत सार्वजनिक भएको छ । उनको ‘कविता’ एल्बममा रहेको ‘पिरती लाउँदिन दुईतिर...’ गीतको भिडियो सार्वजनिक भएको हो ।
नायिका प्रियंका कार्की र महेश खड्कालाई फिचरिङ गरिएको गीतको भिडियो आकर्षक बनेको छ । किरण के उप्रेतिको शब्द, पुष्कर सुनुवारको सङ्गीत रहेको गीतमा चन्दु गोर्खालीको सङ्गीत संयोजन रहेको छ ।
गम्बिर विष्टको निर्देशन तथा कोरियोग्राफर रहेको गीतको भिडियोलाई नवराज उप्रेतिले छायाँकन गरेका हुन भने नवीन निरौलाले सम्पादन गरेका छन् ।
विगत ७ वर्षदेखि नेपाली गायन क्षेत्रमा रहेकी कविताका दुई एल्बम सार्वजनिक भएका छन् । तीन दर्जनभन्दा धेरै गीतमा स्वर दिएकी कविताले यो नयाँ गीतले आफ्ना अन्य गीतले जस्तै स्रोता÷दर्शकको साथ पाउँनेमा आफू आशावादी रहेको बताइन् ।

‘यही त होला माया’
गायक राज खम्बुको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘यही त होला माया’ बोलको गीतको भिडियोमा पल शाह र कविता नेपालीको जोडी देख्न सकिन्छ । 
एकनारायण भण्डारीको शब्द तथा आशिष अविरलको संगीत रहेको गीतको भिडियो डान्सिङ जनरामा बनेको छ । म्युजिक भिडियोमा अभिनेता पल शाह र कबिताको जोडी जमेको छ । पल र कबिताको जोडीलाई भिडियोमा उतार्ने काम निर्देशक टेकेन्द्र शाहले गरेका हुन् ।


‘ऐया बरी लै’
 
दोहारी ब्याटलबाट सवार्धिक चर्चामा आएकी गायिका प्रिती आले मगर र गायक म्याक्स नेपालको आवाजमा रहेको गीत ‘ऐया बरी लै ’ बोलको भिडियो पनि बनेको छ ।
गीतमा मधु सुदन डाँगीको शब्द तथा हरि थापाको संगीत र मौसम हिमालीको निर्देशन रहेको भिडियोमा म्याक्स नेपाल र सोनिका रोकायाको रोमान्स रहेको छ


‘ए परदेशी’ 

लोक तथा दोहोरी गायिका विष्णु माझी र गायक ऋषि खड्काले गीत ‘ए परदेशी’ ल्याएका छन् । गीतमा नेपाली दाजु भाईले महान पर्वमा आउँन नपाउँँदाको बाध्यतालाई निकै मार्मिक रुपमा समेटिएको छ । मार्मिक दशैँ गीतमा सुनिल लामिछानेको शब्द तथा ऋषि खड्काको लय सिर्जना रहेको छ । काजिश श्रेष्ठको निर्देशन रहेको भिडियोमा अभिनय सगुन शाही र सुनिल लामिछानेको रहेको छ ।


‘म एक परदेशी’

गायक म्याक्स नेपालको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । म्यास नेपालको शब्द तथा संगीत रहेको गीतको भिडियोमा हजारौ परदेशी युवाको कथालाई समेटिएको छ । भिडियोलाई निरज थापाले निर्देशन गरेका हुन् ।


‘ए काली’ 

युवा गायक आशिष थापाको नयाँ गीत ‘ए काली’को म्युजिक भिडियो सार्वजनिक भएको छ । आशिष थापा स्यमको शब्द तथा संगीत रहेको गीतको भिडियो सन्जय धमलाले निर्देशन गरेका हुन् । भिडियोमा बेनिस भण्डारी र रोेशना ढकालको अभिनय देख्न सकिन्छ । 

‘फूल फूल्यो पँहेलै’

गायक मदन कुमार थापा र गायिका संगिता तिम्सिनाको आवाज रहेको गीत ‘फुल फुल्यो पँहेलै’को भिडियो बजारमा आएको छ । गीतमा नेपाली पन झल्कने मौलिक शब्द तथा लयलाई प्रस्तुत गरिएको छ । शशि विक्रम थापाको शब्द तथा मौलिक लय सिर्जनमा गीत तयार पारिएको छ ।  गीतको भिडियो शशि विक्रम थापाले निर्देशन गरेका हुन् । 

पसिनाको मोल
मोडल बिकास लामिछाने र रक्षा श्रेष्ठ र रश्मी भट्ट अभिनीत म्युजीक भिडीयो ुपसिनाको मोलु सार्बजनिक भएको छ । जहाँ घर परिवार छोडेर प्रदेश जाने एक परिवारको कथा उठाइएको छ । सार्बजनिक गीतलाई स्वर शब्द र संगीत भर्ने काम भने प्रकास सिङले भरेका छन् । बिदेशी भुमीमा बसेर समेत गायक सिङ गीत संगीतमा सक्रिय छन्  । म्युजीक भिडीयोलाई रायन कार्कीले निर्देशन गरेका हुन् । 


‘जुनी जुनी’

नेपाली गायनको क्षेत्रमा स्थापित बनिसकेकी गायिका मेलिना राई र सुरेश लामाको स्वर रहेको  ‘जुनी जुनी’ बोलको म्युजिक भिडियो  सार्वजनिक भएको छ । ज्ञानेन्द्र गिरीको शब्द तथा सङ्गीत, गणेश चौधरीको सङ्गीत संयोजन रहेको नायिका सारिका घिमिरे र विराटनगरका मनिष प्रितमको सर्वोकृष्ट अभिनय रहेको छ । वासु न्यौपानेको छायाँकन रहेको गीतको भिडियोलाई नवराज उप्रेतिले ड्रोन र विकाश ज्ञवालीले सम्पादन गरेका हुन् । राहुल बराइलीले निर्देशन रहेको भिडियोमा प्रेमका सम्वादहरुलाई समेटिएको छ ।

‘पहिलो नजर’

गायिका अन्जु गुरुङको स्वरमा ‘पहिलो नजर’ बोलको म्युजिक भिडीयो सार्बजनिक भएको छ । बिकास लामिछाने र सुप्रिया कटुवाल माथी फिचर गरिएको भिडीयोले प्रेमको कथा उठाएको छ ।  गीतमा शब्द तथा संगीत अमृतको सुन्न सकिन्छ । नगरकोटमा खिचिएको भीडीयोलाई समन अधिकारीले निर्देशन गरेका हुन् ।


‘आज भोलि भन्दा भन्दै...’
गायक दिबाकर खड्काको स्वरमा सजिएको ‘आज भोलि भन्दा भन्दै, बिहे गर्ने लगन हेर्दै......’ बोलको आधुनिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।  राजु लामाकोे निर्देशन रहेको भिडियोमा लय संग्रोला, नवल खड्का, वसन्तराज रिजाल, सानु खतिवडा, विकल श्रेष्ठ आदिको अभिनय रहेको छ । 

 
‘रोख्तोकोम्’ 

खालिङ राई भाषाका बाल गीतहरुको संग्रह ‘रोख्तोकोम्’ (इन्द्रेणी) काठमाडौंमा लोकार्पण गरिएको छ । पेन ड्राइभ तथा सिडीमा तयार पारिएको उक्त संग्रहलाई वरिष्ठ संगीतकार शान्तिराम राई, किरात खालिङ राई उत्थान संघका अध्यक्ष अर्जुन खालिङ राई, माप्य दुधकोशी गाउ“ पालिकाका प्रमुख बुद्धिकिरण खालिङ राई सहितका व्यक्तित्वले संयुक्त रुपमा लोकार्पण गरे ।

अमेरिकामा रहेका संगीतकार पविधन खालिङको शब्द तथा संगीतमा उक्त एल्बममा सात वटा गीत तथा चार वटा ट्रयाक समावेश छन् । अमेरिकामै सञ्चालनमा रहेको सुर रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएका एल्बमका गीतहरुमा संगीतकार खालिङले नै संगीत संयोजन गरेका छन् । एल्बमका गीतमा प्रियंका खालिङ राई, यसोदा खालिङ राई, प्रतिक खालिङ राई तथा पविधन खालिङ राईका स्वर सुन्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप