बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

भुटानका पूर्वप्रधानमन्त्रीले श्रीमतीलाई पिठ्युमा बोकेको तस्बिर भाइरल

आइतबार, ३१ भदौ २०७५, १३ : ४९
आइतबार, ३१ भदौ २०७५

थिम्पु– मानिसहरु मायामा केसम्म गर्दैनन् ? भुटानका पूर्वप्रधानमन्त्री छिरिङ तोब्गेले आफ्नी पत्नीको लागि यस्तै केही गरेका छन् जुन अहिले समाजिक संजालमा भाइरल भएको छ ।

छिरिङ तोब्गेले आफ्नो ट्वीटर ह्याण्डलमा एक तस्विर शेयर गरेका छन् जसमा उनले पत्नी तासी डोमालाई ढाडमा बोकिरहेका छन् । तस्बिरमा बाटो निक्कै खराब र हिलाम्य देखिन्छ । सम्भवतः त्यसबाट जोगाउन ठूलो जुत्ता लगाएका तोब्गेले आफ्नी पत्नीलाई बोेकेको जस्तो देखिन्छ ।

छिरिङ तोब्गेद्वारा शेयर गरिएको आफ्नो फोटोमा लेखेका छन्, ‘सर वाल्टर ¥यालेको जस्तो ‘ड्यासिङ (शानदार)’ त होइन तर मैले त्यो गरे जो एक पुरुषलाई आफ्नी पत्नीको पाउ सफा राख्नको लागि गर्नुपर्छ ।’

भुटानका प्रधानमन्त्रीले ट्वीटरमा उल्लेख गरेका सर वाल्टर ¥याली १६ औं शताब्दीका ब्रिटिश सेना सदस्य हुन् । उनले तत्कालिन बेलायती महारानी एलिजाबेथ प्रथम हिँडेको बाटोमा अगाडि आएको हिलोमा आफ्नो ओभरकोट बिछ्याएको किम्बदन्ती प्रसिद्ध छ । 

यो फोटो भाइरल भएपछि मानिसहरु तोब्गेको पोस्ट शेयर गर्दै उनको कामलाई सरहान गरिरहेका छन् । शेयरसँगै समाजिक संजाल प्रयोगकर्ताहरुले भुटानी प्रधानमन्त्रीको कार्यको प्रशंसा गरिरहेका छन् । 

बंगलादेशी ट्वीटर प्रयोगकर्ता मोहम्मद अताउर रहमान खानले ट्वीट गर्दै लेखेका छन्, ‘तपाईको पद जे भए पनि तपाईँको पत्नि प्रतिको प्रेम प्रष्ट देखिन्छ । यसलाई शेयर गर्नु भएकोमा तपाईलाई धन्यवाद, यसले भावी पीढीलाई तिनको पत्निलाई सम्मान गर्न प्रेरित गर्नेछ ।’

छिरिङ तोब्गे जुलाई २०१३ देखि सन् २०१८ अगस्टसम्म भुटानको प्रधानमन्त्री रहे । उनी पछि सर्वोच्च अदालतका मुख्य न्यायाधीस तथा सरकारको प्रमुख सल्लाहकारले चुनावी सरकारको अध्यक्षता गरिरहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप