बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा आफूविरुद्ध प्रदर्शन भएपछि बाबुरामको आयो यस्तो प्रतिक्रिया

आइतबार, ३१ भदौ २०७५, ११ : १८
आइतबार, ३१ भदौ २०७५

काठमाडौं– नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अमेरिकामा आफूविरुद्ध भएको प्रदर्शनको समाचारप्रति आपत्ति जनाएका छन् ।

 अमेरिकामा एक कार्यक्रममा सहभागि हुने क्रममा त्यहाँका नेपालीहरुले उनीविरुद्ध प्रदर्शन गरेका थिए । 

उक्त समचार प्रकाशित भएकोप्रति टिप्पणी गर्दै डा. भटराइले सामाजिक सञ्जाल ट्वीटरमार्फत आपत्ति जनाएका हुन् । 

उनले आफ्नो ट्वीटर एकाउन्टमा लेखेका छन्–‘यो कस्तो पत्रकारिता हो कुन्नी ! पाँच सय जनाको सहभागितामा भित्र भएको उच्चस्तरीय विमर्श समाचार नबन्ने तर बाहिर ठ्याक्कै पाँच जनाको विरोध चाहिं भँगेरे अक्षरमा ! जो अगुवा उही बाटो.....! अनि देश कसरी समृद्ध बनोस् ?’

हिजो डिसी मेट्रो एरियाबाट टेक्सस जाने क्रममा डा भट्टराई र उनकी धर्मपत्नी हिसिला यमीको बिरोधमा कालो झण्डा देखाउँदै नेपाली युवाले नाराबाजी गरेका थिए । 

'गो ब्याक' भन्दै बाबुरामविरुद्ध अमेरिकामा प्रदर्शन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप