शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनएमबिको तलब खातामा ७ प्रतिशत ब्याज

आइतबार, ३१ भदौ २०७५, ११ : ०७
आइतबार, ३१ भदौ २०७५

काठमाडौं– तलबी कर्मचारीलाई लक्षित गर्दै ७ प्रतिशत ब्याज दिनेगरि ल्याइएको एनएमबि तलब खातामा आकर्षण बढेको एनएमबी बैंकले जनाएको छ । 

सो खातामा बैंकले एनएमबि डिलाइट कार्डसहित विभिन्न सुविधाहरु निःशुल्क उपलब्ध गराएको जनाएको छ । 

कार्डबाट खातावालाहरुले देशभर छरिएर रहेका जुनसुकै बैंकको एटीएमबाट पैसा झिक्दा शुल्क नलाग्नुका साथै रु. ५ लाखसम्मको दुर्घटना बीमाको सुविधा समेत रहेको छ ।

“नेपाल सरकारको हरेक कर्मचारीको एक तलब खाता’ हुन पर्ने नियम राजपत्रमा प्रकाशित गरेर अनिवार्य भए संगै सर्वश्रेष्ठ सुविधाहरु सम्पत्र तलब खाता ल्याउने एनएमबि पहिलो बैंक हो ।

 ‘एनएमबि तलब खाताले बजारमा पाएको सकारात्मक प्रतिक्रियाले हामी निकै उत्साहित छौ र निकट भविष्यमा पनि येस्तै सुविधायुक्त सेवाहरु  बजारमा ल्याउन थप प्रोत्साहित भएका छौं’, एनएमबिले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप