बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गेलले दिए चुनौती, सन्नी लियोनले दिइन् जवाफ

बिहीबार, ०५ साउन २०७४, १२ : ००
बिहीबार, ०५ साउन २०७४

क्रिस गेलले मैदानमा त तपाईंलाई मनोरञ्जन प्रदान गर्छन् नै तर मैदान बाहिर पनि उनको अन्दाज सबैभन्दा भिन्न नै हुन्छ । उनी मैदान बाहिर पनि आफ्ना प्रशंसकको मुडलाई फ्रेश बनाउने गर्दछन् । केही दिन अघि उनले इन्टरनेटमा बलिउडको एउटा गीत ‘लेला मे लेला’ मा नाचिरहेको एउटा भिडियो पोष्ट गरेका थिए ।

बायाँ हात चलाउने यी आक्रामक बलरले यो भिडियोसँगै एउटा चुनौती पनि पेश गरेका थिए ।

गेलले यो डान्स बेंगलुरुमा एक विज्ञापनको क्रममा गरेका थिए । उनले उक्त चुनौतीका बिजेताले ५ हजार अमेरिकी डलर पाउने बताएका छन् । उनले शीर्ष पाँच भिडियोलाई आफ्नो पेजमा पोष्ट गर्ने बचन पनि दिए ।

यसका लागि संसारभरीका प्रशंसकले गेललालाई भिडियो पठाउन सुरु गरे । यद्यपी, धेरैले गेललाई प्रभावित गर्न सकेनन् । बलिउड अभिनेत्री सन्नी लियोनले सायद गेललाई पक्कै प्रभावित गरिन् । उनले रईस फिल्ममा यही गीतमा नाचेकी थिइन् र उनले यसैको क्लिप उनलाई पोष्ट गरेकी थिइन् ।

यसमा गेलले जवाफ दिँदै भने, ‘मैले यसलाई भर्खरै हेरें । तपाईंले राम्रो गर्नुभएको छ ।’ र अन्त्यमा सन्नीले भनिन्, ‘धन्यवाद, तपाईं पनि त्यति नराम्रो हुनुहुन्नथ्यो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप