शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

टाटाको कार किन्नेलाई हेलिकप्टरबाट लाङटाङ लगेर साँचो

आइतबार, ३१ भदौ २०७५, ०९ : ५१
आइतबार, ३१ भदौ २०७५

काठमाडौँ । नेपालको सडक सुहाउँदो सवारी साधनका रूपमा ख्याति कमाएको टाटा ब्रान्डका गाडी नाडा अटो सोमा पनि आकर्षणको केन्द्र बनेको छ  । नेपालमा टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नाडा अटो सोमा ९ प्रकारका गाडी राखेको छ । 

टाटाको मुख्य आकर्षणका रूपमा भारतबाट भित्र्याइएको टिगोर इभी इलेक्ट्रिकल कार रहेको छ । जुन कार भारतमा समेत लन्च भएको छैन भने नेपालमा प्रदर्शनका लागि राखिएको छ । अर्को नेक्सनको एएम्टी गाडी छ, जुन हालसालै लन्च भएको हो । अर्को हेग्जा र ट्यागो राखिएको छ । साथै थप दुईवटा मोडेल पनि थप गर्ने तयारी भइरहेको, जेस्ट र नेक्सनको ड्युल कलर नेक्सन पनि राखिएको कम्पनीका महाप्रवन्धक प्रवीन खतिवडाले रातोपाटीलाई जानकारी दिए । 

महाप्रवन्धक खतिवडाले भने– ‘नाडा अटो सोमा राखिएको टाटाको सबैभन्दा राम्रो भनेको इकोनोमी हो । सबै गाडीहरूको मूल्य उपयुक्त छ । सबै ठाउँमा स्पेयर पार्टस पाउन सकिन्छ । साथै धेरै ठाउँमा सर्भिस सेन्टर पनि रहेको छ । गाडीहरू पनि आकर्षक रहेका छन् । सस्तो पनि छ । उपभोक्ताई राम्रो प्याकेज दिइरहेका छौँ ।’ 

नेपालमा टाटाका ट्यागो टिगोरदेखि जेस्ट बोल्ड, नेक्सन, हेग्जा सुमो गोल्ड गरी ९ वटा उत्पादनहरू नाडा अटो सोमा राखिएको छ । 

यस्ता छन् टाटाका गाडीहरूका विशेषता 
टाटाका गाडीमध्ये उपभोक्ताले सबैभन्दा धेरै रुचाइरहेका गाडीमध्ये एक हो– टाटा नेक्सन ।  भारतमा लन्च भएको ३ महिनाको अन्तरालमा यो गाडी नेपालमा भित्र्याइएको थियो । यसबाट उपभोक्ताले राम्रो सुविधा पाइरहेको कम्पनीको भनाइ छ । यसको ग्राउन्ड क्लियरेन्स २ सय १० को छ । स्टाइलिस, लुक्स सबै कुरामा कम्फर्टेबल रहेको छ । इन्फोटेन्मेन्ट सिस्टम पनि यसमा नयाँ रहेको छ । यसको सुविधाअनुसार आकर्षक मूल्य रहेको महाप्रवन्धक खतिवडाले बताए ।

अर्को आकर्षक गाडीमध्ये एक हालै लन्च भएको अटोमेटिक भर्सन एएमटी हो । यसमा अटोमेटिक म्यानुअल गेयर सिस्टम रहेको छ । गाडीलाई अटोमेटिक रूपमा र म्यानुअल्ली रूपमा पनि सञ्चालन गर्न सकिन्छ । माइलेजको सन्दर्भमा कुनै कन्प्रमाइज नगरी टाटाले एमटी गाडी ल्याएको छ । उपभोक्ताको सकारात्मक प्रतिक्रियाले कम्पनी निकै उत्साहित भएको खतिवडाको भनाइ छ । 

नेपालको सडक सुहाउँदो 
भारत र नेपालको सडकमा खासै अन्तर छैन । भारतमा बनेका गाडी नेपालका लागि बढी ग्राउन्ड क्लियरेन्सलाई बढी प्राथमिता दिइएको हुन्छ, जसका कारण टाटाका गाडीहरू नेपालको सडकमैत्री रहेको छ । 

प्रयाप्त सर्भिस नेटवर्क 
टाटाको नेपालमा सबैभन्दा ठूलो बिक्रीका लागि २० वटा सर्भिसिङ नेटवर्क र २५ वटा सेल्सको नेटवर्कको रहेको छ । अपर मुस्ताङमा समेत टाटाको सर्भिस सेन्टर रहेको छ । नेपालको जुनसुकै ठाउँमा जाँदा पनि ढुक्क भएर टाटाको स्पेयर पार्टस नपाएर रोकिएर बस्नुपर्ने अवस्था नआउने कम्पनीले जनाएको छ । 

टाटाको अटोमेटिक गेयर सिस्टमबारे उपभोक्ता परिचित हुँदै गएका छन् । क्लच लिइराख्नु नपर्ने, क्लच फ्री ड्राइभिङ भएकाले आरामले गाडी चलाउन सकिन्छ । म्यानुअलमा चाहिँ आफ्नो हिसाबले गाडी चलाउन सकिन्छ । अहिले अटोमेटिक सिस्टमलाई पनि उपभोक्ताले रुचाउँदै गइरहेका छन् । 

मोडलअनुसार विशेष उपहार योजना 
नाडा अटो सोमा मोडल अनुसार विशेष उपहार योजना पनि राखिएको छ । टाटाका गाडी खरिदमा ४ लाख रुपियाँ छुट, इन्सुरेन्स, प्राइभेट हेलिकप्टरमा लाङटाङमा लगेर साँचो हस्तान्तरण गर्ने आकर्षक प्याकेज पनि बनाइएको छ । यो नाडा अटो सोमा गाडी खरिद गर्नेहरूका लागि लागू हुने महाप्रवन्धक खतिवडाले जानकारी दिए । 

उनका अनुसार दसंैतिहारका लागि पनि यो स्किमलाई निरन्तरता दिइने कम्पनीको योजना छ । नेपालभरी सर्भिस सेन्टरको सञ्जाल भएको, सर्भिस दिने मामिलामा बलियो रहेको, गुणस्तरीयतालाई ध्यान दिने भएकाले उपभोक्ता सन्तुष्ट रहेको उनको भनाइ छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप