शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रकाण्ड उदयपुर प्रहरी हिरासतमा, बम विस्फोटसम्बन्धी मुद्दा

आइतबार, ३१ भदौ २०७५, ०९ : १५
आइतबार, ३१ भदौ २०७५

गाईघाट — नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द विप्लव पार्टीका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई राजधानी काठमाडौंबाट शनिबार उदयपुर प्रहरीमा ल्याइएको छ । 

काठमाडौँबाट खड्गबहादुरलाई काठमाडौँका प्रहरीले जिल्ला प्रहरी कार्यालय उदयपुरमा बुझाएको उदयपुरका प्रहरी उपरीक्षक चन्द्रदेव राईले बताए । 

खड्गबहादुरले बम विस्फोटसम्बन्धी गतिविधि गरेका कारण आज म्याद थप गरी विस्फोटक पदार्थसम्बन्धी मुद्दा चलाउने तयारी भएको प्रहरी उपरीक्षक राईले बताए । 

यसअघि नै आधा दर्जन सो पार्टीका नेतालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेर विस्फोटक पदार्थसम्बन्धी मुद्दा चलाइसकेको प्रहरीले बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप