शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

४४ बर्षपछि जलाउन थालियो बेवारिसे शव

आइतबार, ३१ भदौ २०७५, ०७ : ०३
आइतबार, ३१ भदौ २०७५

सनाखत नभएक बेवारिसे शव ४४ बर्षपछि जलाउन थालिएको छ । 

व्यवस्थापन गर्ने जग्गा अभाव भएपछि फरेन्सिक मेडिसिन विभागले शब जलाउन सुरु गरेको हो । 

विभागमा फ्रिजमा रहेका ५९ शवमध्ये ९ वटा जलाईसकेको छ । 

सामान्यः विश्वमै बेवारिसे वश जलाइँदैन । 
यस्ता शव गाडेर व्यवस्थापन गरिन्छ । 

बर्षौैपछि पनि परिवार तथा आफन्त खोज्न आउने भएकाले शव गाड्ने गरिन्छ । 

यो अवस्थामा गाडेको ठाउँबाट निकालेर शवको अस्थिरपञ्जर दिने गरिन्छ ।
तर, महाराजगन्जस्थित फरेन्सिक मेडिसिन विभागले गाड्ने जग्गाकै अभाव भएपछि शव जलाउन सुरु गरेको हो । 

४४ बर्षदेखि विभागअगडिको खाली १० आना जग्गामा खातमाथि खात लगाएर बेवारिसे शव गाडिँदै आएको थियो तर, अब उक्त जग्गामा पनि भवन बन्न लागेको र सरकारले गाड्ने नयाँ जग्गा पनि व्यवस्थापन नगरिदिएकाले पछिल्लो केही महिनायता फ्रिजमा राखिएका शव जलाउन थालिएको हो ।, आजको नयाँ पत्रिकामा यो खबर छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप