शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गौतमले ताके अब बाँके ३

आइतबार, ३१ भदौ २०७५, ०६ : २७
आइतबार, ३१ भदौ २०७५

गत चुनावमा पराजित नेता वामदेव गौतमलाई जसरी पनि सांसद बनाउन नेकपा प्रयासरत छ । 

त्यसका लागि डोल्पा ठाउँ खाली गराउन खोजियो । 
त्यहाँका कार्यकर्ताले मानेनन् । 

अब पार्टीका ध्यान बाँके ३ मा केन्द्रित भएको छ । 
त्यो मिलाईदिन महासचिव विष्ण्ुा पोडेल लागिपरेका छन् । 

पौडेलले बाँके ३ का सांसद नन्दलाल रोकायलाई शुक्रबार बोलाएर ठाउँ खाली गरिदिन आग्रह गरेका छन् । 
रोकयले यसको पुष्टि गरेका छन् । 

उनले पौडेललाई पार्टीले राष्ट्रिय आवश्यकता ठानेर आधिकारिक निर्णय गरेमा सोच्न सकिने जवाफ दिएका थिए । 

वामदेवजीलार्य संसदमा ल्याउनैपर्ने राष्ट्रिय आवश्यकता हो भने र त्यसमा पार्टीले निर्णय गर्छ भने म छोड्छु , उनले भने, ब्यक्तिगत हिसाबले म छोड्न तयार छैन, तर पार्टीले निर्णय गरे छोड्छु ।, आजको अन्नपुर्ण पोष्टमा यो खब रछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप