बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

माल्दिभ्सले उचाल्यो साफ च्याम्पियनसिपको उपाधि

शनिबार, ३० भदौ २०७५, २१ : २३
शनिबार, ३० भदौ २०७५

काठमाडौं । १२औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि माल्दिभ्सले जितेको छ । शनिबार भएको फाइनलमा सात पटकको विजेता भारतलाई हराउँदै माल्दिभ्सले साफ च्याम्पियनसिपको उपाधि जितेको हो ।

भारतलाई २–१ गोलले पराजित गर्दै माल्दिभ्सले दोस्रो पटक उपाधि जितेको हो । माल्दिभ्सले यसअघि सन् २००८ मा उपाधि जितेको थियो ।

माल्दिभ्सको जितमा इब्राहिम मधुधीले १९औं र अली फसिरले ६६औं मिनेटमा गोल गरे । भारतले इन्जुरी समयमा एक गोल फर्कायो । इन्जुरी समयको ९२औं मिनेटमा सुमित पासीले गोल गरेका थिए ।

१२ संस्करणमध्ये सात पटक उपाधि जितिसकेको भारतले यस पटक यू–२३ टोली पठाएको थियो । अन्य राष्ट्रबाट भने सिनियर राष्ट्रिय टोली सहभागी भएका थिए ।

माल्दिभ्स समूह चरणमा एउटा पनि जित निकाल्न नसकेको टिम हो । तर, सेमिफाइनलमा नेपाललाई ३–० ले हराएको माल्दिभ्स भारतलाई पनि पन्छाउँदै उपाधि उचाल्यो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप