शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टोखा चण्डेश्वरीलाई पर्यटकीय गन्तव्य बनाइनेः उपप्रधानमन्त्री पोखरेल

शनिबार, ३० भदौ २०७५, २१ : १८
शनिबार, ३० भदौ २०७५

काठमाडौँ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले टोखा चण्डेश्वरी क्षेत्रलाई व्यवस्थित गर्न एकीकृत गुरुयोजनाअन्तर्गत धार्मिक, पुरातात्विक र पर्यटकीय गन्तव्य बनाइने बताएका छन् । 

टोखा र बुढानीलकण्ठ नगरपालिकाको सीमामा पर्ने चण्डेश्वरीस्थित मुस्खारेश्वर मन्दिरका निर्माणको शुभारम्भका अवसरमा आज आयोजित कार्यक्रममा उनले भने, ‘टोखा चण्डेश्वरी क्षेत्रमा सडक, खानेपानी, वन, मन्दिर, पर्यटनलगायत सबै क्षेत्र समेटेर एकीकृत विकासको योजनाका लागि केन्द्र सरकारले पहल गर्नेछ ।’ 

उपप्रधानमन्त्री पोखरेलले भने, ‘विकास निर्माण कुनै दल विशेषका आधारमा होइन, सबै मिलेर गर्नुपर्छ, ऐतिहासिक र पुरातात्विक महत्वका क्षेत्रको संरक्षण हुनुपर्छ, पुर्खाको सम्पत्ति रक्षा गर्न नसक्नेले सन्ततिलाई केही दिन सक्दैनन् ।’ 

प्रदेश नं ३ का प्रदेशसभा सदस्य दीपक निरौलाले सो क्षेत्रको विकासका लागि केन्द्र, प्रदेश र स्थानीय तहबीचको समन्वय हुनुपर्नेमा जोड दिए । 

पुरातत्व विभागका महानिर्देशक भेषराज दाहालले काठमाडौँ उपत्यका विकास प्राधिकरणको सहकार्यमा रु ९० लाखमा सो मन्दिर निर्माण हुने बताए । मुस्खारेश्वर मन्दिर ६४ योगिनीमध्ये एक मानिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप