बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

तेस्रो लाखेनाच प्रर्दशनी कार्यक्रम मच्छेगाउँमा सम्पन्न

शनिबार, ३० भदौ २०७५, २० : २३
शनिबार, ३० भदौ २०७५

काठमाडौं । चन्द्रागिरी नगरपालिका–९ मा अवस्थित मच्छेनारायण मन्दिरको प्राङगणमा तेस्रो लाखेनाच प्रर्दशनी साँस्कृतिक तथा सम्मान कार्यक्रम– २०७५ आज सम्पन्न भएको छ । 

मच्छेगाउँमा बर्षेनी हुँदै आएको यस लाखेनाच प्रर्दशनी साँस्कृतिक कार्यक्रममा उपत्यकालगायत विभिन्न जिल्लाबाट पनि आफ्नो परिवेश, भेषभुषाका साथै मौलिक रुपका लाखेनाच प्रर्दशन गरिएको थियो । 

भदौ २९ र ३० दुई दिनसम्म चलेको यस कार्यक्रमको उद्घाटन नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले गरेका थिए ।  

कार्यक्रममा प्रदेश नं. ३ का सासद्, निर्वाचित नगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष साथै सरकारी तथा गैरसरकारी प्रतिनिधिहरु, समाजमा विभिन्न क्षेत्रमा सहयोग पुर्‍याउने विशिष्ट व्यक्तीहरुको उपस्थिती रहेको थियो । 

कार्यक्रममा नेपालमा ख्याति प्राप्त कलाकारहरुले आफ्नो प्रस्तुती समेत प्रर्दशन गरेका थिए । सोहि अवसरमा गायक सुरज थापा, नाई नभन्नु ल ५ का बालकलाकार अविनास र सेन्ड्रिना साथै छक्का पन्जा ३ का कलाकार तथा निर्देशक दिपाश्री र केदार घिमिरे (माग्ने बुडा)लाई सम्मान समेत गरिएको थियो । 

कार्यक्रममा त्यस क्षेत्रमा समाजमा विषेश योगदान पुर्‍याएका समाजसेवी तथा डा.ज्यो. पण्डित रुद्रनाथ अधिकारीलाई लगायत विभिन्न क्षेत्रमा सहयोग पुर्‍याएकाहरुलाई समेत सम्मान गरिएको थियो । 

कार्यक्रममा उपत्यका लगायत विभिन्न जिल्लाबाट हजारौ दर्शकहरुको उपस्थिती रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप